Incident Reports

Death of Gurung suspicious

2017-06-08

Bagmati, Chitawan, Ichchhyakamana

Yonesh Gurung resident of ShitalDewi Pokhara-12 who went to Sunauli to get the drugs was found dead and his death seems suspicious. Sanjay Gurung who went with Yonesh Gurung is in police custody. Both of them were send to Sunali to get the drugs by Dr. Rajiv Rana Magar and all of them are drugs addicts as per police. As per Sanjay, Both Sanjay and Yonesh used drugs and then got into the bus of Kathmandu from Pokhara. Both of them got down from the bus on Muglin and got in the bus of Sunauli. Later, Yonesh got down from bus to relive himself and did not come back for a long time. His friend Sanjay got down to search for his friend and the bus to Sunauli left without both of them. Sanjay returned to Pokhara. The body of Yonesh was found on 20th June in a rotting state. Police is investigating into the case. सुनौलीमा लागूऔषध लिन गएका पोखरा–१२, शीतलदेवीका योनेश गुरुङ मृत फेला परे । उनीसँगै गएका पोखरा, बगालेटोलका सञ्जय गुरुङ भने कास्की प्रहरीको हिरासतमा छन् । योनेशको मृत्यु कसरी भयो भन्ने शंकास्पद छ । उनीहरुलाई बसको टिकटसमेत काटेर पठाउने पोखरा–३, तेर्सापट्टीका रोहित प्रजुलाई कास्की प्रहरीले पक्राउपछि छाडेको छ भने भने अर्का एकजना मनिपालका डाक्टर राजीव रानामगरलाई कास्की प्रहरीले सोधपुछको दायरामा समेत ल्याउन सकेको छैनन् । लागुऔषध लिन जाने र पठाउनेसबै लागुऔषध प्रयोगकर्ता रहेको कास्की प्रहरीले बताएको छ । तर घटना कति गते घटेको भन्ने अझै नखुलेको प्रहरी स्रोतले जनायो । घटनाबारे कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीखुलेर बोल्न चाहेनन् । ‘कति गते घटना भएको भन्ने यकिन थाहा छैन,’उनले भने, ‘अनुसन्धान जारी छ, सबै कुरा आउन बाँकी छ ।’ रोहितलाई किन छाडिएको हो भन्ने प्रश्नको डिएसीले उत्तर दिएनन् । घटना करिब २ साताअघि भएको हो । ‘मृत्यु हुने योनेश र सञ्जयलाई लागुऔषध लिन पठाउने दुवै पहुचवाला हुन्,’ स्रोतले भन्यो, ‘नत्र लागुऔषध लिन पठाएको कसुरमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने हो ।’ हिरासतमा रहेका सञ्जयको प्रारम्भिक बयान अनुसार घटना सिलसिला यस्तो छ—सञ्जय र योनेशलाई पोखराबाट रोहित र डा. राजीवले लागुऔषध लिन पठाएका थिए । रोहित र डा. राजीव दुवै लागुऔषध प्रयोगकर्ता भएको र मिल्ने साथी पनि रहेको सञ्जयले खुलाएका छन् । सञ्जय र योनेश पोखराबाट लागुऔषध प्रयोगगर्दै काठमाडौं जाने गाडीमा हिँडे । मुग्लिङ पुगेपछि उनीहरु झरे । त्यसपछि सुनौली जाने बस समाते । मुग्लिङबाट केही पर पुगेपछि योनेशले पिसाब लाग्यो भनेर बस रोक्न लगाए र ओर्लिए । तर लामै समय योनेश बसमा नआएपछि सञ्जय पनि त्यही झरे । गाडी उनीहरुलाई छाडेर अघि बढ्यो । सञ्जयका अनुसार घन्टौं खोज्दा पनि योनेश भेटिएनन् । त्यसपछि सञ्जय पोखरा फर्किए । केही दिनपछि योनेशको खोजी सुरु भयो । योनेशकी आमाले सञ्जयलाई फोन गरिन् । सञ्जयले घटनाबारे जानकारी गराए । केही दिन छोरा आउने आशामा आमाले कुरिन् । तर ५ दिन बितिसक्दा पनि योनेशको अत्तोपत्तो लागेन । योनेशकी आमाले कास्की प्रहरीमा घटना विवरणसहित खोजीका लागि निवेदन दिइन् । निवेदन परेपछि प्रहरीले रोहित र डा. राजीवको खोजी ग¥यो । असार ३ गते वडा प्रहरी कार्यालय बैदामले रोहित र सञ्जयलाई लेकसाइडको एक होटलबाट लागुऔषधसहित पक्राउ ग¥यो । उनीहरुको साथमालागु औषध ३४ थान सेट फेला प¥यो । प्रहरीले असार ४ गते रोहितलाई छाडिदियो भने सञ्जयलाई थप अनुसन्धानका लागि भन्दै हिरासतमा राख्यो । लागुऔषधको सेटमा डाइजापाम, फेनरागन र नर्फिम मिसिएको हुन्छ । यता, योनेश मुग्लिङबाट हराएको हुनाले कास्की प्रहरीले चितवन प्रहरीलाई जानकारी गरायो । असार ६ गते नारायणी नदीमा एक शव फेला परेको भन्ने कास्की प्रहरीलाई जानकारी आयो ।योनेशका घर परिवारलाई पनि त्यसबारे जानकारी गराइयो । ट्याटुका कारण त्यो शव योनेश हो भन्ने पक्का भयो । शव सड्न थालिसकेको थियो । उनको हत्या भएको पनि हुन सक्ने आशंका प्रहरीले गरेको छ । योनेशको शव नदीमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले बताए । ‘शव सडेको हुनाले चोट लागेको/नलागेको ठम्याउन सकिएन,’ उनले भने, ‘पोस्टमार्टम र भिसेरा रिपोर्टपछि हत्या हो या होइन पत्ता लाग्छ ।’ योनेशकी आमाले शव सनाखत गरेकी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kaski

0 Comments