Incident Reports

No translation available.

2013-05-31

Madhes, Saptari, Dakneshwori

Manohar Kumar Pokharel सप्तरी । जेठ १७ गते वहुविवाह गर्ने पत्थरगाढा गाविस-७ लक्षणपट्टीका २२ वर्षीय अरुण मण्डललाई प्रहरीले जेठ १७ गते गिरफ्तार गरेको छ । जेठी पत्नी २० वर्षीया विष्णुदेवी मण्डलले जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा पतिबिरुद्ध उजुरी दिएपछि मण्डललाई जेठ १७ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पति अरुणले धनगढी गाविस-९ की १८ वर्षीया बेचनीदेवी मण्डलसँग वैशाख १२ गते दोस्रो विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताइन् । धार्मिक परम्पराअनुसार ०६५ फागुन २९ गते अरुणसँग विवाह गरेकी विष्णुदेबी निसन्तान छिन् । विष्णुदेबी हाल मलेठ गाविस-७ स्थित माइतमा बस्दै आएकी छिन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis