When the local election was being held overwhelmingly in Provinces 1, 5 and 7, eight districts of Province No 2 remained unrest on Wednesday.
Due to the Madhesh-Tharuhat Strike called by Rastriya Janata Party-Nepal(RJP-N) against the local level election, main market towns such as Rajbiraj, Lahan, Siraha, Dhalkewar, Janakpur were unrest since morning. Market, educational institutions, industries as well as means of transportation were completely shut down as they burnt tyres at the main towns. According to Sunil Kumar Jha, RPJ- Coordinator of Chairperson Committee, the Ambulance, Fire Brigade as well as two wheelers were undisturbed.
प्रदेश नम्वर १, ५ र ७ मा उत्साहपुर्वक मदतान भइरहेको बेला सप्तरीलगायत प्रदेश नं. २ का ८ वटा जिल्ला भने बुधबार दिनभर अशान्त भएका छन् ।
स्थानीय तह निर्वाचनको विरोधमा रहेको राष्टिय जनता पार्टीको मधेश थरुहट बन्दका कारण प्रदेश नं. २ का मुख्य बजारहरु राजविराज, लहान, सिरहा, ढल्केवर, जनकपुरलगायतका स्थानहरु बिहानैदेखि अशान्त भएका हुन् । राजपाका कार्यकर्ताहरुले प्राय सबै जिल्लाहरुमा बिहानदेखि नै प्रदर्शन गरेका थिए ।
मुख्य चोकहरुमा टायर बालिएका थिए भने बजार, पसल, शिक्षण संस्था, औद्योगिक प्रतिष्ठान, यातायातका साधनलगायतका क्षेत्रहरु पुर्णरुपमा ठप्प भएका थिए । सामान्य रुपमा खुलेका पसलहरुसमेत राजपाका कार्यकर्ताहरुले घुमि घुमि बन्द गराएका थिए । एम्बुलेन्स, दमकल तथा दुई पांग्रे सवारीका साधनमा भने बन्दमा रोक नलागाईको राजपाका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाले बताए ।