Rastriya Janata Party Nepal protested against the local level election by carrying out a baton rally in Kapilbastu on Saturday. The rally was carried out at the district headquarter under the leadership of party's president Rabidatta Mishra (Rajguru). The rally which started from Taleshwornath Sanskrit School converged into a corner assembly. While protesting in the rally, Mishra stated that unless their demands were met they would not allow any election related activities to be conducted.
स्थानीय तहको निर्वाचनको बिरोधमा राष्ट्रिय जनता पार्टी नेपाल कपिलबस्तुले सदरमुकाम तौलिहवामा लाठी जुलुस प्रदर्शन गरेको छ ।
पार्टीका नेता रबिदत्त मिश्र (राजगुरु) अध्यक्ष मण्डलको टोलीले निर्वाचनको बिरोधमा सदरमुकाममा लाठी जुलुस गरेको हो । तालेश्वोरनाथ संस्कृत माध्यमिक बिद्यालयबाट शुरु भएको जुलुस चौक बजार हुदै प्रशासन कार्यालयको मूल गेटको मुख्य चौकमा गई कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै पार्टी नेता मिश्रले आफुहरुको माग पुरा नभई स्थानीय तहको निर्वाचनको कुनै पनि प्रक्रिया अघि बढ्न नदिने बताएका थिए ।