Rastriya Janata Party Nepal (RJP-N) conducted a protest assembly in Sahid Darshan Chowk, Rajbiraj on Thursday. Addressing the mass, the speakers highlighted the need of all round protest against Government's decision to postpone election in Province no 2 to September 18. RJP-N youth leader Binod Yadav said that the government has done a mistake by postponing election rather than resolving the problem through constitution amendment.
राष्टिय जनता पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा बिहिबार विरोधसभाको आयोजना गरियो । स्थानिय शहीद दर्शन चोकमा आयोजित सभामा बोल्दै वक्ताहरुले सरकारले प्रदेश नम्बर २ को चुनाव सारेर ठूलो भूल गरेको बताएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा मात्रै असोज २ गते चुनाव गर्ने भनि आएको निर्णय घोर आपत्तिजनक रहेकोले यसको चौत्तर्फी विरोध हुनुपर्नेमा जोड दिए । राजपाका युवा नेता विनोद कुमार यादवले संविधान संशोधन गरेर समस्याको निकास खोज्नुभन्दा सरकारले विभिन्न कारण देखाउँदै चुनाव सारेर ठूलो भुल गरेको बताए ।