Incident Reports

German national arrested on paedophile charges, child rescued

2017-06-29

Bagmati, Kathmandu, Kathmandu

The Central Investigation Bureau of Nepal has arrested a German national, identified as Albert Fred Klinicke, on the charge of paedophilia and rescued a minor from his clutches. The CIB said the 63-year-old German (passport number C4K6M3578) from Neuhaus Jetzt Paderborn of Germany had been visiting Nepal frequently. Superintendent of Police Meera Chaudhary informed that plainclothes cops on Thursday raided a hotel in Thamel, a tourist hub of Kathmandu, and apprehended Klinicke while rescuing a boy. Kathmandu District Court has remanded him to seven-day judicial custody for further investigation. “We were keeping constant vigil acting on information that a section of foreign citizens were molesting children and making them victims of pedophilia for a long time. The arrest of the German citizen was part of this operation,” she said. Klinicke lured children with money and delicacies and brought them to the Thamel-based hotel, where the suspected paedophile would prey on them. According to Number 9(A) of Chapter 14 of Muluki Ain, a person who commits sodomy (any kind of unnatural sexual intercourse) with a minor shall be considered to have committed an offence of rape and the offender shall be liable to nine to 13 years of imprisonment. The court will also make an order to provide appropriate compensation to such a minor from the offender upon considering the age and trauma suffered by the minor. Earlier on September 9, 2016, CIB had arrested Kenneth Joseph Coombs (passport number 517817112) of Illinois, USA from a Thamel-based hotel while rescuing five boys aged between 12 and 16 years. The 48-year-old American was accused of molesting scores of underage boys and having unnatural sex with them in the capital city. Similarly, Ernest Fenwick MacIntosh, 71, a Canadian, was arrested from Lalitpur in 2015 for sexually assaulting a boy. He was a notorious international paedophile and is currently serving sentence in Nakhkhu Jail. बालयौन दुराचारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्य केनेथ जोसेफ कम्बोस ८ बालबालिकासहित ठमेलमा पक्राउ परे । स्वयम्भू र ठमेल क्षेत्रका तीन बालकलाई होटलमा लगेर दुराचार गरिरहेकै अवस्थामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत भदौ २४ गते ठमेलको एम्बु होटलबाट पक्राउ गरेको थियो । उनलाई अदालतले नौ वर्ष जेल सजाय तोक्यो । केनेथ पक्राउ परेको १० महिना बित्यो । सिआइबीले अर्का विदेशी नागरिकलाई त्यस्तै प्रकृतिको अभियोगमा बिहीबार ठमेलबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति हुन् जर्मनीका अल्वर्ट फ्रेड क्लिनकेई । ६३ वर्षीय उनी ज्याठाको एक होटलमा १३ वर्षीय बालकसँग नग्न भेटिएका थिए । ४३ दिनदेखि पर्यटकका रूपमा नेपालमा रहेका उनले तीनजना बालकमाथि यौन दुराचार गरेको ब्युरो प्रवक्ता एसपी मीरा चौधरी बताउँछिन् । ‘प्रारम्भिक अनुसन्धानमा क्लिनकेईको क्यामराबाट दर्जनौं बालबालिकाको तस्बिर फेला परेको छ,’ चौधरीले नागरिकसँग भनिन्, ‘होटलमै भेटिएका एक बालक तथा १३ र १६ वर्षका अन्य दुई बालकसमेत पीडित रहेको पाइयो ।’ केनेथ पक्राउ पर्नुभन्दा १७ दिनअगाडि नेपाल आएका थिए । वेब डिजाइनर उनी पहिलोपटक नेपाल आएका भने होइनन् । उनी सन् २०१३ देखि पटकपटक नेपाल आएको पाइएको छ । अल्वर्ट विगत २३ वर्षदेखि निरन्तर नेपाल आइरहेका छन् । पछिल्लो समय उनी पर्यटकका रूपमा तीन महिनाको प्रवेशाज्ञामा जेठ ३० गते आएका थिए । ‘बयानमा उसले २३ वर्षदेखि नेपाल आउँदै–जाँदै गरेको दाबी गरेको छ । यसबारे अध्यागमनबाट तथ्यांक लिनेछौं,’ एसपी चौधरीले भनिन्, ‘१५ वर्षदेखि ऊ नेपाल, भारत र श्रीलंका आउजाउ गरिरहेको देखियो ।’ १८ वर्षदेखि फैलिएको अपराध नेपालमा यौन दुराचारी फेला परेको १८ वर्ष भइसकेको छ । २०५६ मा पोखरामा स्टार बालगृहमा रहेका अनाथ बालबालिकाको यौन दुराचार भइरहेको सूचनाका आधारमा प्रहरीले त्यसका सञ्चालक क्रिस्टोफर फ्रेजरलाई पक्राउ गरेको थियो । अनुसन्धानमा उनी समाजसेवीको आवरणमा नेपालमा बसेर गम्भीर अपराधमा संलग्न रहेको खुलेको थियो । अपराध पुष्टिसँगै तोकिएको सजाय काटेपछि उनलाई नेपालबाट निकालिएको थियो । बालगृहको आवरणमा रहेका विदेशी नागरिक गम्भीर अपराधमा संलग्न रहेको खुलेको करिब सात वर्षपछि काठमाडौंको गल्कोपाखामा अर्को बालगृहका निर्देशक बालयौन दुराचारको अभियोगमा पक्राउ परे । प्रहरीले २०६३ माघ १० मा गल्कोपाखामा रहेको हाम्रो जीवन चाइल्ड केयरका निर्देशक मेल्हुसेन हेन्ड्रिक ओटोलाई पक्राउ गरेको थियो । अपराध पुष्टि भएपछि उनलाई आठ वर्ष जेल सजाय तोकियो । २०६६ मै अत्तरखेलमा फ्रेन्च नागरिक जी ज्या हे पक्राउ परे । अनाथ बालबालिकाको हेरचाहको आवरणमा यौन दुराचार गर्ने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरेको थियो । उनी त्यसअगाडि पनि त्यस्तै अभियोगमा पक्राउ परेर नेपालबाट निकालिएको खुल्यो । त्यसपछि नेदरल्यान्ड्सका हेन्क मुल्हाजेन सामाखुसीमा पक्राउ परे । हाम्रो जीवन नामको बालगृह खोलेर बसेका उनलाई नौ वर्ष जेल सजाय भयो । हेन्क पक्राउको ६ वर्षसम्म बालयौन दुराचारी फेला परेनन् । नेपालमा दुराचारी आउने क्रम रोकिएको भने रहेनछ । २०७१ पुसमा ललितपुरमा क्यानेडियन नागरिक अर्नेस्ट फेन्विक म्याकन्टोस फेला परे । ललितपुरको क्याफे ब्राजिल गेस्ट हाउसमा पक्राउ परेका उनले शारीरिक रूपमा अशक्त बालकलाई कृत्रिम हात उपलब्ध गराउने प्रलोभनमा पारेर यौन दुराचार गरेको पुष्टि भयो । अनुसन्धानमा उनी ४० वर्षअगाडि क्यानडामा यौन दुराचार अभियोगमै फसेको खुल्यो । उनलाई सात वर्ष जेल सजाय तोकिएको छ । २०७२ मा चैतमा पोखरामा जर्मन नागरिक कर्निलियल स्किलिङ भोन पक्राउ परेका थिए । लेकसाइडको होटलमा बालक लगेर यौन दुराचार गरेको पुष्टिसँगै उनलाई ६ वर्ष जेल सजाय तोकियो । २०७३ भदौमा केनेथ पक्राउ परे र असार १५ मा फेला परे अल्वर्ट । आँखा मध्यवर्गीय परिवारमा सुरुमा बालगृहको आवरणमा यौन दुराचार हुने गरेको देखिए पनि पछिल्ला घटनाले भने परिवारसँगै बस्ने बालबालिकालाई यौन दुराचारीले तारो बनाएको देखियो । अमेरिकी नागरिक केनिथले २१ वर्षीय युवक बुद्ध पुतवारलाई सहयोगीका रूपमा परिचालन गरेर बालकलाई होटलमा लगेर दुराचार गर्ने गरेको खुलेको थियो । उनले १० बालकमाथि यौन दुराचार गरेको पुष्टि भएको थियो । उनको आर्थिक प्रलोभनमा परेका सबै बालक परिवारसँगै बस्ने मध्यमवर्गीय परिवारका सदस्य रहेको खुलेको थियो । बिहीबार पक्राउ परेका जर्मन नागरिकको बालक खोज्ने शैली पनि केनिथको जस्तो देखियो । उनले पनि ठमेल क्षेत्रमा परिवारसँगै बालकलाई फकाएर दुराचार गरेका थिए । उनको फन्दामा परेका एक १३ वर्षीय बालक आमासँग बस्ने गरेको खुलेको छ । अन्य दुुईजना पनि परिवारसँगै बस्ने गरेको र अल्वर्टले खाना खुवाउने, कपडा किनिदिने गरेपछि प्रलोभनमा परेर होटलमा जाने गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । ‘उसले बेलुका बालकलाई होटल लैजाँदा शंका गर्लान् भनेर दिउँसो लैजाने गरेको रहेछ,’ एसपी चौधरीले भनिन्, ‘प्रायः सबै पीडित बालक परिवारसँगै बस्ने गरेको देखिएको छ ।’ अन्तर्राष्ट्रिय गिरोह सक्रिय दुई वर्षअगाडि अमेरिकामा पक्राउ परेका कुख्यात यौन दुराचारी विलियम्स जेम्स वाहे सन् २०१२ मा नेपाल आएको खुलेको थियो । शिक्षकसमेत रहेका उनले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको पुष्टि भएको थियो । बयानमा उनले नेपालमा समेत दुराचार गरेको देखिए पनि यता अनुसन्धान हुन सकेन । जर्मन नागरिक अल्वर्टको क्यामरामा दर्जनौं बालकको तस्बिर फेला परेको छ । उनले मेटाएको तस्बिर प्रहरीले प्रविधि प्रयोग गरेर रिकभर गर्दा अश्लील तस्बिरसमेत फेला परेका छन् । बालयौन दुराचारमा उनी एक्लै संलग्न छन् या अन्तर्राष्ट्रिय गिरोहका सदस्य हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ । केनेथ जोसेफ भने बालयौन दुराचारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको खुलेको थियो । केनेथ अमेरिकामा समेत बालयौन दुराचारको अभियोग प्रमाणित भएर फरार रहेका थिए । गिरोहका सदस्य नेपाल, भारत र श्रीलंकामा सक्रिय देखिएको थियो । केनेथले बुद्धलाई बालबालिकाको तस्बिर र भिडियो खिच्न लगाएर सामाजिक सञ्जालमार्फत गिरोहलाई पठाउने गरेको र उनीहरूले सोही आधारमा बालक चयन गरेर नेपाल आउने गरेको खुलेको थियो । केनेथसँग पनि बालकहरूको आपत्तिजनक तस्बिर र भिडियो फेला परेको थियो । बयानमा उनले गिरोहका सदस्यलाई पठाउन खिचेको बताएका थिए । पाँच वर्षअगाडि बंगलादेशमा बेलायती नागरिक पिटर एलिसन पक्राउ परेका थिए । उनको पक्राउपछि उनले बंगलादेशका बालकलाई घुमाउन नेपाल ल्याएर दुराचार गर्ने खुलेको थियो । ‘नेपाल आउन सहज र थोरै खर्चमा पीडितहरू फेला पर्ने भएकाले अन्तर्राष्ट्रिय बालयौन दुराचारीहरूको सक्रियता देखिन्छ,’ एसपी चौधरीले भनिन्, ‘नेपालमा अन्य बालयौन दुराचारीसमेत हुन सक्ने देखिएको आशंकामा गम्भीर अनुसन्धान अगाडि बढाइरहेका छौं ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments