Incident Reports

प्राधिकरणका सुपरभाइजर घुससहित पक्राउ

2017-07-03

Bagmati, Bhaktapur, Bhaktapur

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ । आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई रू ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमवार रङ्गेहात पक्राउ गरेको हो । एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा भैललाई रङ्गेहात पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–५, साविक कटुञ्जे गाविस–१ मा अवस्थित एक मसला उद्योगले १५ एम्पियरको मिटरलाई ३२ एम्पियर बनाउन निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै ग्राहकसँग घुस मागेका थिए । ग्राहकले आयोगमा उजुरी गरेपछि आयोगको टोलीले छानबिन शुरू गरेको थियो । भैल प्राधिकरण भक्तपुर शाखाको नयाँ ग्राहक सेवाका पाँचौँ तहका सुपरभाइजर हुन् । पक्राउ परेका सुपरभाइजर भैललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । थप अनुसन्धानपछि भैललाई कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले बताएकाे छ ।
National/Online Media , Local Newspaper - Mahottari

0 Comments

Related Reports
Related Trend Analysis