Incident Reports

अन्तरजातीय विवाह गरेको आरोपमा सामाजिक बहिष्कार l

2013-06-02

Natibabu Dhital सिन्धुपाल्चोक । जेठ २० गते थाम्पालधाप गाविस ६ का २२ वर्षीय सोमबहादुर बोगटी (सार्की) ले अन्तरजातीय विवाह गरेको आरोपमा उनलाई स्थानीय गाउँलेहरूले सामाजिक बहिष्कार गरेका छन् । उनका बाबु दिलबहादुर बोगटी(सार्की) को नेतृत्वमा स्थानीय गाउँलेहरुले त्यस्तो बहिष्कार गरेका हुन् । समाजिक बहिष्कारमा परेका पीडित सोमबहादुर बोगटी यो सामाजिक समस्या भएकोले कानुनी र सामाजिक प्रक्रियामा जान इन्सेक जिल्ला प्रतिनिधिले पीडितलाई सल्लाह दिएपछि सोहि अनुसारको प्रक्रियामा जाने पीडितले बताए । सोमबहादुर बोगटी (सार्की) ले ०६९ पुस २४ गते सोही गाविस-५ की १९ वर्षीया चमेली नेपालीसँग प्रेम विवाह गरेका थिए । छोराले तल्लो जातसँग विवाह गरेको भन्दै दिलबहादुर बोगटी (सार्की) ले छोरालाई घरभित्र पस्न समेत दिएका थिएनन् । आफ्नो घरमा पस्न नपाएका सोमबहादुरलाई हाल गाउमा प्रवेश गर्न समेत प्रतिबन्ध लगाएको पीडितले बताए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis