Incident Reports

अन्तरघात गरेको आरोपमा कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो

2017-07-05

Lumbini, Banke, Kohalpur

बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ । बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ । कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए । बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले घरमै गएर पौडेलमाथि दुर्व्यवहार गरेको थियो । दुव्र्यबहार गरेको पीडित पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Election-related cause primary
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments

Related Reports