Incident Reports

झडपमा प्रहरी जवान घाइते l

2013-06-04

Uddhav Pokharel दोलखा । जेठ २० गते वाईसीएल र तरुण दलका कार्यकर्ताबीच जेठ २० गते दोलखा सदरमुकाम चरिकोटमा भएको झडपमा सशस्त्र प्रहरी जवान प्रेमबहादुर तामाङ घाइते भएका छन् । आज विहान एनेकपा माओवादीको जिल्ला कार्यालय, चरिकोटमा सुरक्षा दिईरहेका माथिल्लो तामाकोशी जलविद्युत आयोजना, लामावगरमा कार्यरत प्रहरी जवान तामाङलाई दोहोरो झडपमा ढुङ्गा लागि निधार फुटेको छ । घाइते तामाङको टाउकोमा आठ टाँका लगाइएको र चरिकोटको सामुदायिक अस्पतालमा उपचाररत छन् । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis