Incident Reports

समाचार पत्रकारलाई गाली बेइज्जती गर्नेलाई १ हजार जरिवाना र सात दिन कैदको फैसला l

2013-06-04

Chhetu Sherpa सङ्खुवासभा । जेठ २१ गते खाँदबारी नगरपालिका-३ निवासी नेपाल पत्रकार महासंघ सङ्खुवासभाका सदस्य ३० वर्षीय प्रेम निरौलालाई गालीवेइज्जती गर्ने सोही ठाउँका माघव ढुङ्गानालाई सङ्खुवासभा जिल्ला अदालतले जेठ २० गते सात दिन कैद, १ हजार जरिवाना, १० हजार क्षतिपुर्ति दिनुपर्ने सजाय सुनाएको छ । पीडितले गाली बेइजती मलहमा सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही गाउँका मेदिनी घिमिरे र माघव ढुङ्गानाविरुद्ध मुद्दा दर्ता गरेका थिए । गाउँमा चोरी भएको घटनामा पत्रकार निरौला माथि हातपात र दुर्व्यवहार गरी गालीबेइजती गरेका थिए । छेटु शेर्पा

0 Comments