Incident Reports

Dalit man beaten for not cleaning dishes

2017-07-08

Lumbini, Gulmi, Musikot, Ward 4

Karna Bahadur Sarki, 42 of Musikot Municipality -4, Badagaun Hulogade was severely beaten on July 8 on charge of not cleaning dishes. The victim said that he was severely beaten by 40 years old Shobha Karki and her 25 years old son Krishna Karki on charge of not cleaning the dirty dishes in one hotel in Halogade. The victim’s party had lodged a complaint at District Police Office on July 9 against the accused. ASI Satya Narayan Yadav said that the accused had severely beaten the victim for not cleaning the dishes and urinating. He added that both parties were summoned in the police office for the discussion however due rainfall and obstruction in road the discussion could not be made yet. The victim is undergoing treatment at District Hospital of Tamghas and he sustained a deep injury on his head. He also has several bruises over his body. Local Meera B.K said that in hotel and local shops, Dalit are compelled to wash their dishes by themselves and if not, they will be tortured. चुनावका बेला दलित समुदाय हरेक राजनैतिक दलका लागि निकै प्यारा बन्छन् । अघि पछि छिःछिः र दुर्दुर गर्नेहरु चुनावताका तिनै दलित समुदायको घर भित्र पसेर खानासमेत खाएर जातिय समानताको मञ्चन गर्छन्, उनीहरुलाई जातिय मुक्तिको आश्वासन दिन्छन् । तर चुनाव सकिए लगत्तै तीन दलका कार्यकर्ताहरुको दलितहरुलाई हेप्ने, विभेद गर्ने प्रवृति रहँदै आएको छ । त्यसको ज्वालन्त उदाहरणका रुपमा गुल्मीको एक घटनालाई लिन सकिन्छ । पीडित पक्षका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको आरोपमा त्यहाँका एक जना दलितलाई गोरु चुटे झैं चुटेर मरणाशन्य बनाइएको छ । उनीहरुको भनाई छ आफूमाथि पसलभित्र पिसाव फेरेको झुठा आरोप पनि लगाइएको छ । ४२ वर्षिय कर्णबहादुर सार्कीलाई हलोगाडे वजारमा किराना पसलसँगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीका श्रीमति शोभा कार्की र उनका छोरा कृष्ण कार्कीले निर्घात कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पसलमा खान खाएको भाँडा नमाझेको र पिसाब समेत फेरेको आरोपमा कुटपिट गरिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका असई सत्यनारायण यादवले बताए । निर्घात कुटिएका सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको टाउँकोमा घाउहरु छन् । आँखामा रगत जमेको छ । ढाडमा लाठीका निलाडाम रहेका छन् । बायाँ पट्टीको सातौँ नम्वरको करङ्ग समेत भाँचिएको उनको उपचारमा संगल्न डाक्टर सुरेन्द्र रायमाझीले बताए । पिडितको वयान यस्तो छ म चामल लिन भनेर उनीहरुको पसलमा गएको थिएँ । एक गिलास जति रक्सी खाएर जान्छु भनेर खाना थाले । खाँदै जाँदा तिन गिलास खाएछु । त्यो रक्सी खाएका भाँडा माझेर घर जा भन्नु भयो । रक्सीको बेला शरुमा मैले अलि अटेर गरे जस्तो गरेछु । त्यस पछि माझेर जान्छु भनेर भाँडा माझ्ने ठाउँतिर पसेँ । रक्सी अलि लगेको थियो । म भाँडा माझ्ने ठाउँमा लड्न पुगेँ । पानी भएको भाँडो मरो शरीर भरी प¥यो र म पनि भिजे, भुइँभरी पनि पानी भयो । साहुनी शोभाले त्यसै बेलामा भुइँमा पिसाब फे¥यो भन्ने वाहना बनाएर कुट्दै बाहिर निकाल्नु भएको हो । त्यसपछि मेरी श्रीमति आएर थप कुटाई खाने डरले ओमबहादुर सिंहको घरमा ल्याएर सुताइन् । त्यही घरमा सुतिरहेको बेला उनका छोरा कृष्ण खोज्दै आएर एकाएक लाठी वर्षाए पछि म बेहोस भएर ढलेको हुँ । यसो भन्छिन् उनकी श्रीमति यदि पिसाव फेरेकै भए म लिपी दिन्छु भनेकै थिएँ । उनैका पसलमा रक्सी पिएको मान्छेलाई नकुट्नुस् भनेर हात जोड्ता पनि हानेकोहान्यै गरे । हामी दलितले खाएको भाँडा माझ्ने गरकै थियौँ । उहाँले पनि माझ्नु हुन्थ्यो होला तर रक्सी लागेर होला लड्नु भए छ । स्थानिय दलित महिला प्रतिनिधी मिरा विश्वकर्मा त्यहाँका होटल पसलमा सधै त्यस्तै हो । भाँडा त अनिवार्य माझ्नु पर्दछ । दमन र अत्यचार त सहँदै आएका थियौं तर हिजो गोरु चुटे झैं चुटेर वेहोस बनाउँदा स्टेचरमा हालेर अस्पतालमा लैजानसमेत अवरोध गरियो । त्यसरी कुट्न नहुने भनेर आवाज उठाउँदा मलाईसमेत घरमा गएर हातपातको प्रयास गरियो । म कांग्रेसबाट दलित महिला उमेदवार रहेको र उनले कांग्रेसमा भोट हालेको रिस समेत साँधियो । यति ठूलो घटनालाई पनि त्यहाँ उनीहरुका पक्षधरले सामन्य घटना ठानेका छन् र उल्टै झुटा आरोप लगाएर पिटाई खाने मान्छेकै गल्ती देखाउने तानाबाना बुनिदैछ । घटना खेदजनक छ : कांग्रेस प्रतिनिधी स्थानीय नेपाली कांग्रेसका प्रतिनिधी केशव सिंह ठकुरीले यो जमानामा पनि होटल तथा पसलहरुमा दलितहरुलाई भाँडा माझ्न लगाउनु र झन् त्यसरी पिट्नु खेदजनक भएको प्रतिकृया दिए । त्यसमाथि बेहोस भएर लडेको मान्छेलाई उनका आफन्तले उपचार गर्न लैजान खोज्दा अवरोधसमेत गरिएको जानकारी पाएको उनले बताए । एमाले प्रतिनिधीको वचाउ नेकपा एमालेका स्थानि प्रतिनिधी तथा त्यस वडामा नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले भने कुटपिटको आरोप लागेकाहरुको वचाउ गरेका छन् । उनले भने– ‘दलितहरुले पनि आफ्नो व्यवहार सुधार गर्न जरुरी छ । बढी रक्सी पिएर जथाभावी बोल्न हुँदैन्थ्यो । म तिनै कार्की परिवारको घरमा बुझेर आएँ । त्यसरी कांग्रेसजनले उचाले जस्तो गरी कुटेको होइन रहेछ । हप्काएर घर पठाएको रहेछ । पछि बाटोमा लडेर घाइते भएको भन्ने सुनेको छु ।’ ‘दलित भनेर हुन्छ र ? व्यवहार पनि त राम्रो हुनुप¥यो नि ?,’ केसीले प्रश्न गरे । आरोपितहरुको यस्तो छ बयान आरोपित शोभा कार्की – हामी कहाँ रक्सी किनेर खाएको होईन । अन्यत्रैबाट रक्सीले टिल्ल परेर आएको थियो । उसको दाजु हामी कहाँ बसेर रक्सी पिउँदै थिए । उनैले दिएको रक्सी पिएर जथाभावी वोल्दै थियो । भाँडा माझ्न लगाएको होइन । भाँडा माझ्न जाँदा पल्टाइदिएपछि हप्काएर मात्रै पठाएको हो । यहाँका केही मानिसहरुले बढाईचढाई गरेर मुद्दा ठूलो बनाउन खोजेका हुन् । छोरा कृष्ण मैले लाठीले हानेको होईन, धक्काएको मात्रै हुँ । मलाई झुटो आरोप लगाएका हुन् । तपाईहरुलाई जे सुनाइएको छ त्यो गलत हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments