Incident Reports

बहुबिवाह गर्ने पति बिरूद्ध प्रहरीमा उजुरी l

2013-06-04

Nepal

Sabitri Sapkota बहुबिवाह गर्ने पति बिरूद्ध प्रहरीमा उजुरी चितवन । जेठ २१ गते भरतपुर नपा-२ का २५ वर्षीय अशोक गुरुङले बहुबिवाह गरेको भनि जेठी पत्नी २३ वर्षीया इञ्जीला गुरुङले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । अशोकले २४ वर्षीया अनिसा गुरूङगसँग दोश्रो विवाह गरेको थाहा भएपछि प्रहरीमा उजुरी गर्न आएको इञ्जीलाले बताइन् । पतिले खान, लाउन नदिई घरेलु हिंसा गरेकोले ६ महिनादेखि आफू माइती घरमा बस्दै आएको पीडितले बताइन् । बहुविवाहका आरोपी दुवैजनालाई जेठ २० गते नै प्रहरीले गिरफ्तार गरेको छ । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis