Incident Reports

अध्यक्षको कार्यकक्षमा तालाबन्दी

2017-07-05

Province 1, Ilam, Chulachuli

इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले वडाध्यक्षको अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनैतिक दलहरुले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् । गाउँसभाको सदस्यका लागि अल्पसंख्यक जातिलाई सुचीकृत गरेको ठाउँमा वडा नम्बर १ का मुलुकसिंह राई र वडा नम्बर ३ का रामप्रसाद राईलाई मनोनित गरेर अध्यक्षले अधिकारको दुरूपयोग गरेको आन्दोलनरत दलहरुले आरोप लगाएका हुन् ।राजेन्द्र केरुंगको संयोजकत्वमा १५ सदस्यीय गठबन्धन दलहरुको विज्ञप्तिमा आरोपको स्पष्टिकरण नआउन्जेलसम्म तालाबन्दी जारी राखिने उल्लेख छ । दलगत स्वार्थमा फसेर अधिकारको दुरुपयोग गरी दुई व्यक्तिलाई अल्पसंख्यक हुन् भन्दै प्रमाणित गरेको वडा नम्बर ३ का वडाध्यक्ष नरबहादुर लावतीले भने,'अध्यक्षज्यु दलगत स्वार्थमा फस्नुभयो,हामीले पाएको अधिकारसमेत हस्तक्षेप भएको छ।' गाउँपालिका अध्यक्ष राईले आफुले बिनास्वार्थ सिफारिस गरेको बताए ।'मैले ठुलो गल्ती गरेको छैन,अल्पसंख्यक जातिबाटै मैले मनोनित गरेको हुँ,' उनले भने । आन्दोलनरत नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र,संघिय लिम्बूवान राष्ट्रिय मंच,संघिय समाजवादी फोरम, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायत पाँच दलले अन्दोलन संघर्ष समिति गठन गरेर ताला लगाएका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments