Incident Reports

आँपको बोटमा झुण्डिएको अवस्थामा मृत फेला

2017-06-06

Madhes, Saptari, Saptakoshi, Ward 9

सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरस्थित पूर्व पश्चिम राजमार्गमा चक्काजाम भयो । सडकमै केहि बेन्चहरु राखिएको थियो । बेन्च अगाडि एक महिला सुतिरहेकी थिइन् भने अर्की महिला बच्चा बोकेर बसेकी थिइन् । उनीहरुको माग थियो, ‘हाम्रो मान्छेको हत्या भयो, हत्यारालाई पक्राउ गरी कार्वाही गरियोस् ।’ मंगलबार दिउँसो घर नजिकैको आँपको बोटमा झुण्डिएको अवस्थामा मृत भेटिएका कंचनरुप नगरपालिका ९ रुपनगर निवासी फेकु यादवले आत्महत्या गरेको नभई हत्या भएको भन्दै उनको परिवारजन सडकमै सुतेर चक्काजाम गरेका छन् । बिहान ८ देखि ९ बजेसम्म एक घण्टा सडक जाम गरे उनको परिवारजन र स्थानीयहरुले । दुई महिलालाई अगाडि राखेर स्थानीयहरु एक घण्टा सडकमा बसे । मृतककी छोरी किनादेवीले आफ्नो बुवाको हत्या भएको बताइन् । उनले भनिन्, ‘सोमबार मात्रै जग्गा सम्बन्धमा स्थानीय केही व्यक्तिसँग झगडा भएको थियो । झगडा भएको केहि घण्टामै बुवा झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्या नभई हत्या हो ।’ उनले आफ्नो बुवाको हत्या गरेको सम्बन्धमा तीन जनाबिरुद्व किटानी जाहेरी तयार पारेकी छन् । स्थानीय लखन यादव, भोला यादव र शत्रुद्यन यादवले हत्या गरेको उनीहरुको दाबी छ । र, तीनै जनालाई पक्राउ गर्दै माग गर्दै चक्काजाम गरेका हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरबाट आएको टोलीले घटनाको अनुसन्धान गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्वता व्यक्त गरेपछि उनीहरुले चक्काजाम खोलेका थिए । घटनाको अनुसन्धान हुँदैछः प्रहरी फेकु यादवको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी यादवराज उप्रेतीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए । उनले फेकु र आरोप लगाइएका व्यक्तिबीच जग्गा विवाद सम्बन्धमा मंगलबार बिहान इलाका प्रहरी कार्यालयमा छलफल हुँदा नाप, नक्शा गराउने सहमति भएको र त्यसको केहीबेरमै उनी झुण्डिएको फेला परेको सम्बन्धमा अनुसन्धान गरिरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports