Incident Reports

नाबालिका लाई बेपत्ता बनाएको आरोपमा आमा पक्राउ

2017-07-05

Sudurpashchim, Kailali, Lamkichuha

आफ्नै २ नाबालिका छोरीलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका-२ मोतिपुर बाट एक महिलालाई नियन्त्रनमा लिएको छ । यहि असार २१ गते घरबाट चिसापानी जना भनि आफ्ना ३ नाबालक सन्तान बोकी हिंडेकी २६ बर्षीय राधा जैसी कठायतले आफ्नै २ बर्षीय र ५ बर्षिया नाबालिका छोरी बेपत्ता बनाएकी थिईन् । बिहानै घरबाट ३ सन्तान लिएर हिंडेकी राधा जैसी कठायत बेलुकी घर फर्कँदा ८ महिनाको छोरा मात्र लिएर फर्केकी थिईन् । पक्राउ परेकी महिलाको बयानका आधारमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । आरोपित महिलाले कहिले आफ्ना सन्तानलाई कर्णाली नदीमा बगाईदिएको त कहिले अपरिचित व्यक्तिले लिएर गएको प्रहरीलाई बताउंदै आएकी छिन् । राधाका श्रीमान बिगत लामो समयदेखि बैदेशिक रोजगारीको सिलशिलामा भारतमा रहँदै एक छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Local Newspaper - Kailali

0 Comments