Incident Reports

पत्नी कुटपिट गर्ने असईविरुद्ध उजुरी l

2013-06-03

Province 1, Morang, Sunwarshi

Deepen Neupane मोरङ । जेठ २१ गते अमरदह गाविस-७ की ३७ वर्षीया गीतादेवी गंगाईँले कुटपिट गरेको आरोपमा उनका पति असई ४५ वर्षीय सुकलराम गंगाईँविरुद्ध जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उजुरीमा आरोपितले जेठ १९ गते राति घरायसी विवादमा मोबाइलले अनुहारमा, मुक्का, लात्तीले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएको उल्लेख गरेकी छन् । उनले पतिले यसअघि पनि धेरै पटक कुटपिट गरी घाइते बनाएको उल्लेख गरेकी छन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भएको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सुमा कार्कीका अनुसार, आरोपितलाई इलाका प्रहरी कार्यालय रंगेलीले जेठ १९ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो । आरोपितलाई घरेलु हिंसामा उजुरी दर्ता गरिएको छ । उनलाई विभागीय कारबाही हुने भएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis