Jira devi Dahal, a residence of Fujel, Gandaki rural municipality in Gorkha district has been injured in an attack. Congress local leader Tularam Dahal attacked her in a dispute over a drinking water on Monday. Jiradevi sustains injuries in her head. She has been referred to Kathmandu hospital for the further treatment.
Meanwhile, police have arrested him and are investigating the case for further information.
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–३ फुजेल निवासी जिरादेवी दहालमाथि कांग्रेसका स्थानीय नेताले सांघातिक आक्रमण गरेका छन् । स्थानीय कांग्रेस नेता समेत रहेका तुलाराम दाहालले छिमेकी महिलालाई आक्रमण गरेर गम्भिर घाइते बनाएका हुन् । आक्रमणमा परि दाहालको टाउकोमा गम्भीर चोट लागेको छ । स्थानीय स्वास्थ चौकीमा उपचार नभएपछि घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा १० टाँका लगाइएको छ ।
यसरी भयो आक्रमण
जिरादेवी र तुलारामबीच खानेपानीका विषयमा भएको सामान्य भनाभनपछि विवाद बढ्दै जाँदा झगडा र हात हालाहाल भएको हो । खानेपानीका विषयमा सामान्य भनाभन बढदै गएपछि ठुलो रुप लिएको स्थानीय राजन पन्त बताउँछन् । उनका अनुसार विवाद चर्कदै गएपछि तुलारामले जीरादेवीलाई काठको मुढा टिपेर प्रहार गरेका थिए । महिलामाथि आक्रमण भएको खवरपछि फुजेलका स्थानीय त्रसित बनेका छन् । स्थानीयबासि भन्छन् ‘महिलालाई यसरी दिउँसै कुट्नेले कसैलाई बाँकी राख्दैनन ।’ आक्रमण गर्ने दाहाल नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन् । उनी पहिला पनि फुजेलमा विभिन्न काण्डमा मुछिदै आएका स्थानीयले बताएका छन् ।
भाग्दाभाग्दै तुलाराम पक्राउ
घटना भएको केही घण्टापछि प्रहरी उनको घरमा पुग्यो । घरमा पुगेपनि त्यो दिन उनलाई प्रहरीले भेटेन । तर, भागेर काठमाण्डौ आउने क्रममा रहेका दाहाललाई भोलीपल्ट बेनिघाट प्रहरिले पक्राउ गरेको छ । हाल उनी बेनीघाट प्रहरीको हिरासतमा छन् ।
बेनिघाट प्रहरी चौकीका हवल्दार दीपक पौडेलका अनुसार तुलाराम बेनिघाटबाट प्रक्राउ परेका हुन् । उनले प्रयोग गरेको बा ६७ प ५७४४ नम्वरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ । दाहाललाई जिल्ला प्रहरी कार्यलय गोरखा पठाइएको उनले बताए ।