Incident Reports

गोरखाको फुजेलमा नेताले कुटे महिला

2017-07-17

Gandaki, Gorkha, Gandaki, Ward 4

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–३ फुजेल निवासी जिरादेवी दहालमाथि कांग्रेसका स्थानीय नेताले सांघातिक आक्रमण गरेका छन् । स्थानीय कांग्रेस नेता समेत रहेका तुलाराम दाहालले छिमेकी महिलालाई आक्रमण गरेर गम्भिर घाइते बनाएका हुन् । आक्रमणमा परि दाहालको टाउकोमा गम्भीर चोट लागेको छ । स्थानीय स्वास्थ चौकीमा उपचार नभएपछि घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा १० टाँका लगाइएको छ । यसरी भयो आक्रमण जिरादेवी र तुलारामबीच खानेपानीका विषयमा भएको सामान्य भनाभनपछि विवाद बढ्दै जाँदा झगडा र हात हालाहाल भएको हो । खानेपानीका विषयमा सामान्य भनाभन बढदै गएपछि ठुलो रुप लिएको स्थानीय राजन पन्त बताउँछन् । उनका अनुसार विवाद चर्कदै गएपछि तुलारामले जीरादेवीलाई काठको मुढा टिपेर प्रहार गरेका थिए । महिलामाथि आक्रमण भएको खवरपछि फुजेलका स्थानीय त्रसित बनेका छन् । स्थानीयबासि भन्छन् ‘महिलालाई यसरी दिउँसै कुट्नेले कसैलाई बाँकी राख्दैनन ।’ आक्रमण गर्ने दाहाल नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन् । उनी पहिला पनि फुजेलमा विभिन्न काण्डमा मुछिदै आएका स्थानीयले बताएका छन् । भाग्दाभाग्दै तुलाराम पक्राउ घटना भएको केही घण्टापछि प्रहरी उनको घरमा पुग्यो । घरमा पुगेपनि त्यो दिन उनलाई प्रहरीले भेटेन । तर, भागेर काठमाण्डौ आउने क्रममा रहेका दाहाललाई भोलीपल्ट बेनिघाट प्रहरिले पक्राउ गरेको छ । हाल उनी बेनीघाट प्रहरीको हिरासतमा छन् । बेनिघाट प्रहरी चौकीका हवल्दार दीपक पौडेलका अनुसार तुलाराम बेनिघाटबाट प्रक्राउ परेका हुन् । उनले प्रयोग गरेको बा ६७ प ५७४४ नम्वरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ । दाहाललाई जिल्ला प्रहरी कार्यलय गोरखा पठाइएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports