Incident Reports

छुवाछुतका घटनामा कमी नआएकोमा सरोकारवालाहरूद्वारा चिन्ता व्यक्तl

2013-06-05

Ramesh Prasad Timalsina ललितपुर । जेठ २२ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको सात वर्षपूरा हुँदा पनि छुवाछुतका घटनाहरूमा कमी आउन नसकेकोमा सरोकारवालाहरूले चासो राख्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले जेठ २२ गते आयोजना गरेको जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले प्रजातन्त्र आएपछि धेरै काम भएको तर घटनाहरूमा कमी नआएको उल्लेख गरे । उनले भने-"यस्तो अवस्थाले काम गराईको परिवर्तन गर्नुपर्ने आवश्यकता दर्शाएको छ । अभियानालाई काठमाडौंबाहेक स्थानीय तहमा केन्द्रीत गर्नुपर्छ ।" अध्यक्ष उपाध्यायले कानुनले समाज बदल्छ भनिएपनि समय बदल्न नसक्दा समस्या ज्यूका त्यूँ रहेको बताए । "सजाय बढाउनुभन्दा चेतना बढाउनुपर्छ ।"-उनले भने-"मनलाई परिवर्तन गर्न सके छुवाछूतजस्तो कुप्रथा अन्त्य गर्न सकिन्छ ।" आयोगका सदस्य रामनगिना सिँहले कानुनले भन्दा व्यवहारले सामाजिक दुस्थित अन्त्य गर्न सकिने बताए । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis