Incident Reports

एकै परिवारका ४ मृत फेला

2017-07-21

बनेपा पुरानो बसपार्कस्थित गौतम भोजनालयमा एकै परिवारका चार जना मृत फेला परेका छन् । ३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षीय बाबु हरिभक्त, ६० वर्षीया आमा हरिमाया, २५ वर्षीया बहिनी रञ्जना होटलमा नै मृत अवश्थामा फेला परेका हुन् । दुबैतर्फको ढोका भित्रैबाट बन्द गरिएको अवस्थामा सटर फोरेर भित्र पस्दा चारै जना मृत फेला परेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए । सटर बन्द भएपनि सिसा फुटेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरीले सेलफस नामको बिषको भाडो फेला परेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापासहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । बनेपा २ टुकुचा नालाका स्थायी दाहालले ८/९ वर्षदेखि बनेपामा होटल सञ्चालन गर्दै आएका थिए । राजारामका दुई परिवार छन् । जेठी श्रीमती कमला छोरा सुरज र छोरी मनिका टुकुचा नाला नै बस्दै आएका छन् । कान्छी श्रीमती पुजा र छोरा पुजन बनेपास्थित घरमा बस्दै आएका छन् । हरिभक्तका ८० वर्षीया सानीआमा छलमाया पनि उनकै साथमा बस्दै आएका थिइन् । २०७२ सालको भूकम्पपछि बनेपामा घर बनाएर परिवार बस्दै आएको थियो । परिवारका सबै सदस्य नआइसकेकाले शव उठाइएको छैन । थप अनुसन्धान थालिएका प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 4
Female Killed 2
Youth Killed 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports