Incident Reports

जग्गाको विषयमा भएको झडपमा नौ महिने शिशुको मृत्यु

2017-07-21

Madhes, Bara, Pacharauta

जग्गाको विषय लिएर एकै परिवारमा भएको दुई पक्षीय झडपमा परी नौ महिने शिशुको शुक्रबार राति मृत्यु भएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले तीन पुरुष र चार महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी (ईन्द्र मुखिया बिनकी नातिनी) किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना आरोपमा पक्राउ पर्नेहरु मृतककी हजुरआमा र हजुरबुवा पर्छन् । किरणको कसरी मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धानको लागि सातै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । उता विपक्षीको बाँसको भाटा प्रहारबाट शिशुको मृत्यु भएको पीडित पक्षले बतायो । चलितर मुखियाको जेठी र कान्छी श्रीमती पट्टीको छोराहरुबीच जग्गाको विवाद हुँदा दुई पक्षीय झडप भएको थियो । झडपको क्रममा दीपा मुखिया पक्षले इन्द्र मुखियाको परिवारमाथि आक्रमण गर्दा घटना भएको प्रहरी स्रोतले जनायो । तीन सन्तानकी आमा सुदामा झडपको त्रासले आफ्नी नौ महिने छोरी किरणलाई काखमा लिएर घरमा लुकीछिपी बसिरहँदा झडपको क्रममा बाँसको भठा लिएर घरमा प्रवेश गरेका पाँच/छ जनाको समुहले सुदामालाई कुटपिट गरेको थियो । त्यसैक्रममा विपक्षीले सुदामालाई भाटाले कुट्दा शिशुलाई समेत टाउकोमा चोट लाग्न पुगी शिशुको मृत्यु भएको स्रोतले बतायो । मृतक सुदामाकी कान्छी सन्तान थिइन् । विपक्षीको आक्रमणबाट शिशुकी ३० वर्षीया आमा सुदामा, हजुरबुवा इन्द्र मुखिया, काका लालुलगायत घाइते छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनायो । उनकी बाबु रोजगारीको सिलसिलामा विदेश छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports