Incident Reports

Five arrested after bungled abduction

2017-07-21

Madhes, Dhanusha, Duhabi, Ward 7

(updated) The authorities here on Monday arrested five persons in connection with the abduction of a youth from Bideha municipality. According to District Police Office in Dhanusha, Shova Devi Das, 55, Ram Sufal Das, 25 of Chakkar – 7, Nikesh Yadav, 22, of Tarapatti – 1, Esanul Rain, 18, and Adam Nadaf, 19, of Bhramapura – 3 were arrested in accusation of kidnapping Kamaleshwor Das, 24, of Bideha municipality – 8. Kamaleshwor was threatened and coerced to sit on a bike by four individuals at the Mahinathpur railway station on Friday and taken by force to Bhramapura intersection in Janakpur where he was detained in a room belonging to Adam Nadaf. He was taken to a room belonging to Ram Chandra Das at Janakpur Sub Metropolis – 9 at 4 pm on Saturday. The abductors sought ransom from Kamaleshwor's family members and threatened to kill him. Kamaleshwor managed to flee through ventilation at 3 am on Sunday morning from the room where he was held. He immediately informed the police. The abductors were arrested on Monday. Police also confiscated knife, saw and three sets of mobile phones. They will be tried in the court of law for abduction and physical detention. RSS युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। कमलेश्वरलाई शुक्रवार धनुषा ठाडिझिझा महिनाथपुर रेल्वे स्टेशनबाट चारजनाको समूहले डर धम्की दिई मोटरसाइकलमा बसाएर जनकपुरस्थित भ्रमपुरा चोकमा ल्याई आदाम नदाफको कोठामा एक दिन बन्धक बनाएर राखेको थियो। त्यसपछि अपहरणकारीले शनिबार दिउँसो ४ बजे भ्रमपुरा चोकबाट जनकपुर उपमहानगरपालिका वडा नं ९ बस्ने रामचन्द्र दासको घरमा लगी बन्धक बनाएर उनलाई कुटपिट गरेको तथा चक्कु, फलाम काट्ने ह्याक्सो ब्लेटलगायतका धारिलो हतियार देखाई मारेर फालिदिन्छौँ भनी डर, धाकधम्की दिएर कमलेश्वरलाई आफन्तसँग फोनमा कुरा गराएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ। अपहरित कमलेश्वर आइतबार बिहान ३ बजेतिर बन्धक बनाएको कोठाको भेन्टिलेसनबाट निस्केर भाग्न सफल भएका थिए । भागेर घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेका थिए । घटनामा संलग्न हुनेहरुको खोजतलासका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उनीहरुको साथबाट चक्कु एक थान, फलामको ह्याक्सो ब्लेड एक थान, मोबाइल तीन थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको जिप्रका धनुषाले जनाएको छ । रासस Update....................................... छोरी भगाएको झोकमा अपहरण गर्ने धनुषाको एक परिवारसहित केही युवा प्रहरीको फन्दामा परेका छन्। चक्कर गाउँपालिका ७ निवासी जगदीश दासकी विवाहित छोरी रिना छिमेकी गाउँ विदेह नगरपालिका ८ बफै बस्ने लक्ष्मी दासका कान्छा छोरा मिथलेश दाससँग भागेकी थिइन्। छोरी घरबाट भागेपछि गाउँ समाजमा इज्जत गएको भन्दै जगदीशकी ५५ वर्षीया श्रीमती शोभादेवी र उनका २७ वर्षीय छोरा रामसुफलले लक्ष्मी दासको परिवारलाई केटी फर्काउन दबाब दिन थालेका थिए। तर, एक साता बितिसक्दा पनि छोरी नर्फिएपछि शोभाले आफ्ना छोरासँग मिलेर लक्ष्मीका जेठा छोरा २४ वर्षीय कमलेश्वरलाई अपहरण गर्ने योजना बनाइन्। सोही योजनाअनुसार शोभा र उनका छोरा रामसुफलले तीनजना युवाको सहयोगमा कमलेश्वरको अपहरण गरे। रामसुफलका साथीहरू तारापट्टी १ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमरपुरा ३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफका साथमा मिलेर साउन ६ गते महिनाथपुरबाट कमलेश्वरको अपहरण गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। उनीहरूले कमलेश्वरलाई जनकपुरस्थित भ्रमरपुरा चोकमा आदम नदाफको घरमा एक दिन राखेर ७ गते जनकपुर ९ स्थित रामचन्द्र दासको घरमा ल्याएर बन्धक बनाएका थिए। शोभा र उनका छोराले मिलेर कमलेशलाई कुटपिट गर्दै यातनासमेत दिए। उनीहरूले चक्कु र ह्याक्सो ब्लेड देखाएर आफ्नी छोरी नफर्किए मारिदिने धम्कीसमेत दिएका थिए। अपहरणमा संलग्नहरूले कमलेश्वरको परिवारलाई पनि फोन गरी छोरी नफर्किए छोरालाई मार्ने धम्की दिएका थिए। पीडित परिवारले प्रहरीलाई यस विषयमा जानकारी गराई कमलेश्वरको खोजी गरिदिन अनुरोध गरेको थियो। अपहरणमा परेका कमलेश्वर आइतबार बिहान करिब ३ बजे बन्धक बनाइएको कोठामा भएको भेन्टिलेसनबाट भाग्न सफल भएको र उनले प्रहरीसँग सम्पर्क गरी आफूलाई बचाउन अनुरोध गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए। प्रहरीले कमलेश्वरलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि घटनाको विषयमा विस्तृत जानकारी आएको हो। कमलेश्वरको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले शोभा, उनका छोरासहित अन्य सहयोगी तीन युवालाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट चक्कु, ह्याक्सो ब्लेड र मोबाइल बरामद गरिएको छ। पक्राउ परेका सबैमाथि अपहरण तथा शरीर बन्धक अपराधमा मुद्दा चलाइएको छ। विवाहित भएर पनि अन्य युवकसँग भागेकी रिनाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन् भने उनले आफ्नो दूधे बालकलाई समेत माइतमै छाडेर गएकी छन्। रिना र मिथिलेश कहाँ छन् भन्ने विषयमा घरपरिवारलाई कुनै जानकारी नभएको उनको परिवारले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Chitwan

0 Comments