Incident Reports

काठमाडौं इन्जिनियरिङ कलेजमा झडप, स्ववियू सभापतिसहित ६ घाइते

2017-07-27

Bagmati, Kathmandu, Kathmandu, Ward 13

काठमाडौंको कालीमाटीस्थित काठमाडौं इन्जिनियरिङ क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । स्ववियू सभापति एमाले अखिलका पूर्णबहादुर खड्काले हिसाबकिताब नबुझाएको भन्दै नेविसंघका विद्यार्थीहरुले आक्रमण गरेका हुन् । झडपमा परी स्ववियु सभापति खड्कासहित ६ जना घाइते भएका छन् । घाइते सबैको कलंकीस्थित शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ । घाइते हुनेमा नारायण घर्तीमगर, मोती विक, अजित बोहरा, शिशिर विक, आकाश घर्ती, सुजन भट्टराई, शेखर बोहोरा, दिवाकर लोहन र अमित महर घाइते भएको सजिना रानामगरले जानकारी दिइन् । विहीबार एक्कासी आक्रमणमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरुले स्ववियु काउन्सिलमा आगजनी गरिदिएका छन् । स्ववियु सभापतिले हिसाब नबुझाएकाले आफ्नै निर्देशनमा आक्रमण गरेको नेविसंघका क्याम्पस इकाइ अध्यक्ष मुकेश सापकोटाले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Arson
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 15
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth youth
Total Injured 6
Youth Injured 6
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments