Incident Reports

वडा सदस्यद्वारा प्रधानाध्यापकसहित दुई जनालाई कुटपिट

2017-07-26

Sudurpashchim, Achham, Ramaroshan, Ward 4

रामारोशन गाउँपालिका-४ बाटुलासेन निवासी ४८ वर्षीया लोकराज न्यौपाने र सोही वार्ड निवासी ५२ वर्षीया तर्कराज न्यौपानेलाई सोही वार्ड निवासी वडा सदस्य ३२ वर्षीय नन्दराज उपाध्यायले साउन ११ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेपनि पछि छलफल गर्नेगरी दुवै पक्षको सहमतिमा छाडिएको पीडित लोकराजले जानकारी दिए । नन्दराज रामारोशन गाउँपालिका-४ मा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य हुन् । मलामीबाट बेलुकी ४ बजेतिर फर्किरहेका बेला आरोपितले गरेको कुटपिटका कारण लोकराजको टाउको, मुख, नाक र दाँतमा चोट लागेर उपचारका लागि नेपालगञ्ज लगिएको छ । तर्कराज भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किसकेका छन् । लोकराज सरस्वती माविका प्रधानाध्यापक हुन् भने तर्कराज एमाले कार्यकर्ता हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports