Incident Reports

Students padlock Raghunath Multiple Campus

2017-07-29

Sudurpashchim, Kailali, Joshipur, Ward 6

Students of Raghunath Multiple Campus at Joshipur rural municipality-6 in Kailali district padlocked the college against the use of flag belonging to political party inside the college premises. They padlocked the college against the use of party flag in a program conducted by the campus for awarding recently elected representative in the local level election said, student union leader Sidharaj Joshi. The college has been closed for three days. कैलालीको जोशीपुर गाउँपालिका-६ मा रहेको रघुनाथ बहुमुखी क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले क्याम्पस हातामा राजनीतिक दलको झण्डा प्रयोग गरेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् । हालै सम्पन्न स्थानीय तहका जनप्रतिनीधिलाई क्याम्पसले आयोजना गरेको सम्मान कार्यक्रममा पार्टीको झण्डा प्रयोग गरेको भन्दै विरोधमा विद्यार्थीले तालाबन्दी गरेको स्वावियु सभापति सिद्धराज जोशीले बताए । उनका अनुसार सुरुमा क्याम्पस हातामा राजनीतिक दलको झण्डा प्रयोग गर्ने सहमति भएकोमा क्याम्पस प्रशासनले सहमति विपरित गरेपछि विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण क्याम्पस ३ दिनदेखि बन्द छ । विद्यार्थी भेलामा क्याम्पसमा राजनीतिक दलको झण्डा प्रयोग गरिएको विषयमा क्याम्पस प्रशासनले मौखिक स्पष्टिकरण दिनुपर्ने आफूहरुको माग रहेको जोशीले बताए । क्याम्पसमा तालाबन्दी भएपछि स्नातक तेस्रो वर्षको शिक्षण अभ्यासको प्रयोगात्मक परिक्षा रोकिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments