Incident Reports

क्याम्पसमा तालाबन्दी

2017-07-29

Sudurpashchim, Kailali, Joshipur, Ward 6

कैलालीको जोशीपुर गाउँपालिका-६ मा रहेको रघुनाथ बहुमुखी क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले क्याम्पस हातामा राजनीतिक दलको झण्डा प्रयोग गरेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् । हालै सम्पन्न स्थानीय तहका जनप्रतिनीधिलाई क्याम्पसले आयोजना गरेको सम्मान कार्यक्रममा पार्टीको झण्डा प्रयोग गरेको भन्दै विरोधमा विद्यार्थीले तालाबन्दी गरेको स्वावियु सभापति सिद्धराज जोशीले बताए । उनका अनुसार सुरुमा क्याम्पस हातामा राजनीतिक दलको झण्डा प्रयोग गर्ने सहमति भएकोमा क्याम्पस प्रशासनले सहमति विपरित गरेपछि विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण क्याम्पस ३ दिनदेखि बन्द छ । विद्यार्थी भेलामा क्याम्पसमा राजनीतिक दलको झण्डा प्रयोग गरिएको विषयमा क्याम्पस प्रशासनले मौखिक स्पष्टिकरण दिनुपर्ने आफूहरुको माग रहेको जोशीले बताए । क्याम्पसमा तालाबन्दी भएपछि स्नातक तेस्रो वर्षको शिक्षण अभ्यासको प्रयोगात्मक परिक्षा रोकिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments