Incident Reports

बालविवाहबाट जोगाइएकी बालिकालाई शैक्षिक सामग्री प्रदान l

2013-06-05

Prakash Chandra Bhattarai तनहुँ । ०७० जेठ २३ गते अभिभावकले बालविवाह गर्ने तयारी गरेको क्रममा इन्सेक तनहुँले मानवअधिकार शिक्षा कार्यक्रममार्फत प्रवर्द्धन गरेको सामुदायिक संस्थाको पहलमा विवाह गर्नबाट रोकिएकी पोखरीभञ्ज्याङ्ग गाविस-३ की १४ वर्षीया दुर्गा रानाभाटलाई जेठ २३ गते इन्सेक जिल्ला कार्यालयले शैक्षिक सामग्री प्रदान गरेको छ । पोखरीभञ्ज्याङ्ग गाविस-३ स्थित जनजागृति गंगा माविमा आयोजित कार्यक्रममा इन्सेक जिल्ला संयोजक सवनम शर्माले उक्त बालिकालाई विद्यालयको पोशाक सहितको शैक्षिक सामग्री प्रदान गरिन् । जनजागृति माविमा कक्षा ६ मा अध्ययनरत दुर्गालाई गत वर्षअसारमा विवाह गर्न लागि ठिक्क पारेको अवस्थामा पोखरी भञ्ज्याङ्ग गाविस स्थित पोखरीभञ्ज्याङ्ग महिला विकास सहकारी संस्थाका पदाधिकारीले उक्त विवहामा रोक लगाएका थिए । प्रकाशचन्द्र भट्टराई

0 Comments