Incident Reports

बन्दका कारण जनजीवन प्रभावित

2017-08-06

१८३१ आजकै दिन (साउन २२ गते) पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नेक्रममा लिम्बूवानको सार्वभौमसत्ता समाप्त पारेको भन्दै परिषदले बन्द आह्वान गरेको विज्ञप्ति मार्फत जनाईएको छ । अरुणपूर्वका ९ जिल्ला धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाम जिल्ला बन्द आव्हान गरिएको जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङले जानकारी दिए । बन्दका कारण ती जिल्लामा बजार, शिक्षण संस्था, कलकारखाना आंशिक प्रभावित बनेका छन् । धरान धनकुटा सडक खण्ड भएर विभिन्न जिल्लामा सञ्चालन हुने यातायात बिहानैदेखि चलेका छैनन् । दुध, तरकारी, एम्बुलेन्स, प्रेस बाहेक अन्य साधन प्रभावित बनेका छन् । बन्दकोबारे पूर्व जानकारी नपाउँदा कतिपय सर्वसाधारण अलपत्र समेत परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Limbhuvan/Khombuwan Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments