Incident Reports

आफ्नै देवरहरुले मार्ने धम्की दिएको भन्दै प्रशासनमा उजुरी l

2013-06-10

Nanda Ram Paudel कपिलवस्तु । ०७० जेठ २७ गते पथ्थरदेहिया गाविस-४ मा घर भइ बुटवलमा बस्दै अएकी ४० वर्षीया सरीता श्रेष्ठले ०७० जेठ २७ आफूलाई देवरहरुले मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यलयमा उजुरी गरेकी छन् । पतिको सशस्त्र समूहले ०६४ मा हत्या गरेपछि विस्थापित भइ बुटवल भाडामा बस्दै आएकी सरीता र उनका छोराछोरीलाई देवर बुटबल बस्दै आएका प्रदीप श्रेष्ठ र र मधौलीया गाविसमा बस्ने बालकृष्ण श्रेष्ठले घरयासी झगडाको विषयलाई लिएर मार्ने धम्की दिएको पीडितले बताएकी छन् । मृतक प्रकाश श्रेष्ठको नाममा रहेको जग्गा आफूहरुलाई पनि दिनुपर्ने भन्दै नदिए सबै परिवारलाई सिध्याइदिने आरोपितले धम्की दिएको र कपिलवस्तुको पथ्थरदेहियामा रहेको घरमासमेत तालावन्दी गरेको पीडित सरिता श्रेष्ठले बताएकी छन् । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis