Incident Reports

One Remanded on Rape Charge, Two Get Bail

2013-06-09

Kapilbastu/June 9 Kapilbastu District Court has remanded a person into custody and bailed other two who are accused of raping a woman. Judge Ram Krishna Khanal issued the order on June 6. Yogendra Shribastab has been remanded in custody while Arsar Khan and Jagadish Pandey have been released after posting a bail of 25,000 each. Police had filed the case stating that the three men had raped a 19-year-old girl on May 9 after forcefully taking her in a motorbike to a room. The three were arrested after the victim informed the police after escaping from their captivity. Nanadaram Paudel कपिलवस्तु । ०७० जेठ २६ गते एक युवतीलाई सामुहिक बलात्कार गर्ने युवाहरूलाई कपिलवस्तु जिल्ला अदालतले एक जनालाई थुनामा राखी अनुसन्धान गर्ने र दुई जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश रामकृष्ण खनालको एकल इजलासले ०७० जेठ २३ गते उक्त आदेश दिएको हो । तीन जनामध्ये योगेन्द्र श्रीवास्तवलाई थुनामा राख्ने आदेश भएको छ भने अरसर खाँ र जगदीश पाण्डेलाई रु २५/२५ हजार धरौटीमा छाड्ने आदेश भएको छ । कपिलवस्तु नपा ३ गौडीचोक घर भएकी एक १९ वर्षीय युवतीलाई ०७० वैशाख २६ गते राति ८ बजे घुम्न निस्किएको अवस्थामा एक युवकले मोटरसाइकलमा राखी साथीको कोठामा लगी तीन जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको थियो । बलात्कार पश्चात् ती युवाको कब्जावाट भागी युवती राति नै जिल्ला प्रहरी कार्यालयमा पुगी उजुरी गरेपछि तत्काल प्रहरीले घटनामा संलग्न तीनै जनालाई सोही राति गिरफ्तार गरेको थियो । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis