Incident Reports

सामुहिक बलात्कार गर्ने तीन जनामध्ये एक थुनामा, दुई धरौटीमा रिहा l

2013-06-09

Nanadaram Paudel कपिलवस्तु । ०७० जेठ २६ गते एक युवतीलाई सामुहिक बलात्कार गर्ने युवाहरूलाई कपिलवस्तु जिल्ला अदालतले एक जनालाई थुनामा राखी अनुसन्धान गर्ने र दुई जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश रामकृष्ण खनालको एकल इजलासले ०७० जेठ २३ गते उक्त आदेश दिएको हो । तीन जनामध्ये योगेन्द्र श्रीवास्तवलाई थुनामा राख्ने आदेश भएको छ भने अरसर खाँ र जगदीश पाण्डेलाई रु २५/२५ हजार धरौटीमा छाड्ने आदेश भएको छ । कपिलवस्तु नपा ३ गौडीचोक घर भएकी एक १९ वर्षीय युवतीलाई ०७० वैशाख २६ गते राति ८ बजे घुम्न निस्किएको अवस्थामा एक युवकले मोटरसाइकलमा राखी साथीको कोठामा लगी तीन जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको थियो । बलात्कार पश्चात् ती युवाको कब्जावाट भागी युवती राति नै जिल्ला प्रहरी कार्यालयमा पुगी उजुरी गरेपछि तत्काल प्रहरीले घटनामा संलग्न तीनै जनालाई सोही राति गिरफ्तार गरेको थियो । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis