Incident Reports

युवकमाथी खुकुरी प्रहार

2017-08-15

Bagmati, Makawanpur, Hetauda, Ward 4

स्कूलरोडमा मंगलबार दिउँसै एक यूवकमाथि खुकुरी प्रहार भएको छ। करिब ५ बजेको समयमा हेटौडा-८ कमानेका अमित प्रधानले हेटौडा-१ का आकाश श्रेष्ठलाई खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट श्रेष्ठको गर्दनमा चोट लागेको छ। झडपमा थप २ जना युवाहरु घाईते हुनेहरुमा हेटौडा-८ कमानेका १७ बर्षीय अमिर प्रधान, हेटौडा-१ चाइना क्वाटरका २० बर्षीय शुसांत अर्याल रहेका छन्। उनीहरुको टाउको, हात, शरीरका अन्य विभिन्न भागमा चोट लागेका जिल्ला प्रहरी, कार्यालय मकवानपुरले जनाएको छ। आपसी झगडाको कारण खुकुरी प्रहार गर्ने अवस्था आएको भएपनि खास कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने २० बर्षीय अमित प्रधानलाई नियन्त्रणमा लिईएको उनले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
Local Newspaper - Makwanpur

0 Comments

Related Reports