Incident Reports

अज्ञात समूहद्धारा विद्यालय तोडफोड

2017-08-18

Karnali, Humla, Sarkegad, Ward 7

विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर कोट माध्यमिक विद्यालय तोडफोड भएको छ । गत भदौ १ गते दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षा ११ सञ्चालनका लागि शिक्षक छनोटमा अर्कै व्यक्तिलाई छनोट गरेपछि अज्ञात समूहले राति विद्यालयमा तोडफोड गरेको हो । विद्यालयमा कक्षा ११ सञ्चालनको पहलमा सुरु देखिनैं लागेको भएपनि आफ्नै समूहले शिक्षक नपाएको भन्दै स्थानीय एक समूहले विद्यालयमा राती गएर तोडफोड गर्दा १ वटा झ्याल, २ वटा दराज फोडिएका छन् भने विद्यालयले अभिलेख गरेर राखेका सम्र्पूण कागजपत्र र सामाग्री पूर्ण रुपमा नष्ट भएको कोट माध्यमिक विद्यालय प्रशासनले जनाएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि ३८ कोष दक्षिण पूर्वमा पर्ने सर्केघार्ड गाउँपालिका ७ को उक्त विद्यालयमा भएको तोडफोडले विद्यालयमा अध्ययन गरेका र गरिरहेका विद्यार्थीका परिक्षाफल, लब्धांक पत्र, लेखापरीक्षण प्रतिवेदन, बैंकका चेकबुक लगायत महत्वपूर्ण सामान समेत नष्ट भएको विद्यालयका प्रधानाध्यापक नेत्रराज हमालले जानकारी दिए । विद्यालयमा अज्ञात समूहले राति २ बजेतिर तोडफोड गरेको बताएको प्रधानाध्यापक हमालले विद्यालय प्रशासन र व्यवस्थापन समिति मिलेर तोडफोड गर्ने व्यक्तिकाबारेमा छानविन गरिरहेको बताए । ‘विद्यालयको कार्यालय कक्षमा झ्यालबाट पसेर महत्वपूर्ण कागजात र सामान राखेका दराज फोडेर अधिकांश कागज नष्ट पारेछन्' हमाले भने । यही शैक्षिक शत्र देखि कक्षा ११ को पढाई समेत सुरु भएको कोट माध्यमिक विद्यालयमा बाहिरबाट शिक्षक राख्नु पर्छ भन्ने राजनीतिक दलको र केही युवाको चर्को दवाव थियो तर निजि स्रोतबाट कक्षा ११ सञ्चालन गर्नुपर्ने वाध्यता र विद्यालयमै भएका शिक्षकले कक्षा ११ पनि धान्न सक्ने योग्यता भएकाले विद्यालय व्यवस्थापन समितिले आन्तरिकरुपमै रहेका शिक्षकले कक्षा ११ सञ्चालन गर्ने निर्णय गरे लगत्तै तोडफोड भएको प्रारम्भीक अनुमान विद्यालयले गरेको छ । दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठक बस्नु र त्यही राति विद्यालय तोडफोड हुनुले पनि शिक्षकमा असन्तुष्ट भएको पक्षकै संलग्ता प्रमाणीत हुने भन्दै उनले यो घटनाले विद्यालयलाई थप चुनौती थपिएको बताए । कक्षा ६ देखि ११ सम्म पढाइ हुने विद्यालयमा यसरी तोडफोड गरिएको पहिलो पटक भएको बताएकी महिला वडा सदस्य कुशुम कार्कीले सर्केघार्ग प्रहरी चौकीको सहयोगमा तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउने दावी गरिन् । कुनै असहमति भएपनि प्रत्यक्ष रुपमा राख्नु पर्ने बताएकी कार्कीले राति आएर विद्यालयका महत्वपूर्ण कागजात च्यात्ने कामले एसइइ परीक्षा दिएका विद्यार्थीका लब्धांक पत्र समेत नभएपछि समस्या पर्ने बताइन् । उता जिल्लाको शिक्षाको तालुकदार निकाय जिल्ला शिक्षा कार्यालयले भने घटनाका बारेमा अनविज्ञता प्रकट गरेको छ । मौखिक रुपमा मात्रै तोडफोड भयो भन्ने जानकारी पाएपनि आधिकारिक जानकारी नआएको बताएक शिक्षा अधिकारी मदनकुमार थापाले अब छिट्टै विदालयलाई पत्र लेखेर जानकारी माग्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC

0 Comments