Incident Reports

बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी

2017-08-20

Bagmati, Kathmandu, Budhanilakantha

बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । नगरपालिकाका कर्मचारीको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा तस्वीरसहितको मतदाता नामावली संकलन गरिएको खुलेपछि अन्य राजनीतिक दलहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । मतदाता नामावली संकलन गर्न आएका कर्मचारीहरुले एमाले नगर अध्यक्ष दीपक निराैलाको घरमा राति २ बजेसम्म नामावली संकलन गरेको तर खास मतदाताहरुको नामावली संकलन नगरेको भन्दै बिरोध प्रदर्शन समेत गरेका थिए । नामावली संकलन गर्ने उपकरण समेत एमालेका स्थानीय नेता तथा कार्यकर्ताले कब्जा गरेर अाअाफ्नै घरमा नामावली संकलन गरेको अन्य राजनीतिक दलहरूले अारोप लगाएका छन् । कांग्रेस र माओवादी केन्द्रले यस अघि संकलन गरिएका मतदाता नामावली खारेज गरेर पुनः मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयसंग माग गरेका छन् । रातको समयमा नामावली संकलन गर्ने केही व्यक्तिहरुलाई राति २ बजे नै एमाले नगर कमिटी अध्यक्ष निराैलाको घरबाटै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments