Incident Reports

मातृकाले विप्लव माओवादी कुटे

2017-08-18

Madhes, Dhanusha, Ganeshman Charnath

नेकपा माओवादी केन्दका नेता मातृका यादवले माओवादीका नेता कुटपिट गरेका छन् । धनुषाको बरमझियामा शहिद रामवृक्ष यादवको २३ औँ स्मृति दिवसमा आयोजना गरिएको कार्यक्रमलाई प्रभावित हुने गरि विप्लव माओवादीका कार्यकर्ताले सोही स्थानमा कार्यक्रम गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । विवादको क्रममा मातृका यादवले विप्लव माओवादीका केन्दिय सदस्य राजु प्रसाद पौडेल र केन्दिय वैकल्पिक सदस्य देवनारायण साहलाई हातपात गरेका थिए । एक प्रत्यक्षदर्शीकाअनुसार विप्लव माओवादीका दुई जना नेतालाई नै हातपात गरेपछि विवाद उग्र हुँदै झडप भएको थियो । विप्लव माओवादीका एक दर्जन कार्यकर्ता त्यहाँ उपस्थित थिए । अवस्था सामान्य गर्न इलाका प्रहरी कार्यालय सबैलाले विप्लव माओवादीका ६ जना नेता र कार्यकर्तालाई ४ घण्टा नियन्त्रणमा राखेका छन् । पार्टीका पोलिट व्युरो सदस्य प्रकाश ओली, राजु कार्की, केन्दिय सदस्य राजु प्रसाद पौडेल, वैकल्पिक केन्दिय सदस्य देवनारायण साह, सिरहा जिल्ला इन्चार्ज लक्ष्मण पौडेल र सिरहाका जिल्ला सदस्य आदर्श चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha , National/Online Media

0 Comments