Incident Reports

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

2017-08-21

Madhes, Parsa, Jagarnathpur, Ward 3

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बिजबनिया गाउँको खलुचई टोलमा एक बृद्ध महिलालाई उनका छिमेकीहरुले बोक्सीको आरोप लगाउदै निघार्त रुपमा कुटपिट गरेर घाइते बनाएका छन्। खलुचइ टोलका अहमद गद्धीकी पत्नी ६० बर्षीया इम्बानी खातुनलाई उनका छिमेकी जोखु मियाँको परिवारका सदस्यहरुले बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएका हुन्। कुटपिटबाट गम्भीर घाइते बृद्ध महिला इम्बानीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ। जोखु मियाँका एक बर्षीय नाति ज्वरोले बिरामी भएपछि इम्बानीले नै बोक्सीको तन्त्रमन्त्र गरेर बिरामी बनाइदिएको आरोप लगाउदै जोखु, उनका छोराहरु नूर हसन र अली हसन तथा बुहारीहरु नूर कलीमा र रोबिनाले सोमबार दिउँसो इम्बानीको घरमै आएर गालीगलौज गर्दै कुटपिट गरेको पीडित बृद्ध महिला इम्बानीका पति अममद गद्धीले बताए। इम्बानीको एक मात्र छोरी छिन्। इम्बानीकी छोरी शायरा खातुनको बिहे भइसकेको भएपनि उनी माइतीमै बस्दै आएकी छन् । ‘यो बुढिको छोरा छैन, त्यसैले हाम्रो नातिलाइ तन्त्रमन्त्र गरेर बिरामी पारेर मार्न खोज्दैछे भनेर पटक पटक बोक्सीको आरोप लगाएर उनीहरुले दुव्र्यवहार गर्दै आएका थिए, नारायणी उपक्षेत्रीय अस्पतालमा मङ्गलबार आमाको उपचार गराइरहेकी पीडित इम्बानीकी छोरी शायराले भनिन्, ‘हिजो एक्कासी घरमा आएर जोखु र उनका छोरा बुहारीले बोक्सी हो भन्दै आमालाई चुल्ठोमा समातेर लछारपछार गर्दै कुटपिट गरे।' कुटपिटबाट बेहोश भएपछि आमा इम्बानीलाइ उपचारका लागि सेढवामा रहेको स्वास्थ्य चौकीमा लग्दा त्यहाँका स्वास्थ्यकर्मीले वीरगन्जका लागि रिफर गरेपछि एम्बुलेन्समा राखेर सोमबार राति नै नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको शायराले बताइन्। छिमेकी जोखुको घरमा कोही पनि बिरामी पर्दा उनीहरुले मेरी श्रीमतिले नै बोक्सीको तन्त्रमन्त्र गरेर बिरामी बनाइदिएको आरोप लगाउने गर्छन्, इम्बानीका पति अहमदले भने, ‘अहिले जोखुको नाति बिरामी परेपछि त्यसको दोष मेरै श्रीमतिलाई लगाएर कुटपिट गरे।' बोक्सीको आरोपमा इम्बानीलाई कुटपिट गर्ने जोखु र उनका परिवारका सदस्यहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा मङगलवार उजुरी दिएको पीडित इम्बानीकी छोरी सायराले बताइन्। पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले पीडितहरुले दिएको जाहेरीको आधारमा दोषीलाई कारवाही गरिने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments