Incident Reports

कथित बोक्सी आरोपमा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

2017-08-22

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

कथित बोक्सीको आरोपमा अभद्र ब्यवहार गरेको भन्दै चौतारा साँगाचोकगढी नपा-१ स्थित स्याउलेकी ४२ वर्षीया रसमाया तामाङले सोही ठाउँका ४० वर्षीय तोकबहादुर तामाङविरुद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले भदौ ६ गते दिउँसो स्थानीय खर्कमा कथित बोक्सीको आरोप लगाउँदै खुर्पा देखाएर ज्यान मार्ने धम्की दिएको आरोप छ । पीडित महिलाले भदौ ६ गते बेलुका स्थानीय मेलमिलाप केन्द्रमासमेत निवेदन दिएको र सो केन्द्रमा छलफल हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय आउनुपरेको बताइन् । आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली घटनास्थलतर्फगएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments