Incident Reports

Boy Succumbs to Explosion Injuries

2013-06-09

Madhes, Siraha, Karjanha

Siraha/June 11 Sarbajit Mukhiya, 13, of Badaharamal VDC-1 has succumbed to explosion injuries while undergoing treatment in Kathmandu on June 9. Three children were injured while playing with an Improvised Explosive Device (IED) on June 5. Ghuran Mukhiya, father of Sarbajit said that the injured were taken to Dharan-based BP Koirala Institute of Health Sciences (BPKIHS). Sarbajit was taken to Siligudi, India after his treatment was not possible there. According to Ghuran, they had brought Sarbajit back to Neuro Hospital in Biratnagar after the hospital in India asked for 8 lakh India rupees for operation. The boy was later taken to Neuro Hospital in Kathmandu on June 8 after the Neuro Hospitla in Biratnagar referred him. Inspector Naresh Raj Subedi of the Area Police Office said that final rites of the deceased was performed the same day following his post-mortem in Teaching Hospital, Kathmandu. The other two injured are receiving treatment at BPKIHS. Durga Pariyar सिरहा । ०७० जेठ २८ गते बम बिस्फोटमा घाइते भएका बडहरामाल गाविस १ का १३ वर्षीय बालक सर्वजित मुखियाको उपचारको क्रममा जेठ २६ गते काठमाण्डौमा मृत्यू भएको छ । घरेलु बम खेलाउँदा जेठ २२ गते तीन बालबालिका घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको लागि लगेकामध्ये सर्वजित मुखियाको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि भारतको सिलिगुडी लगेको पीता घुरन मुखियाले बताए । मुखियाका अनुसार सर्वजितको टाउकोको अप्रेशन गर्न भारतीय ८ लाख रुपियाँ मागेपछि घुमाएर न्यूरो अस्पताल विराटनगर ल्याएका थिए । न्यूरोले यहाँ उपचार हुँदैन भनेपछि उनलाई परिवारले काठमाण्डौंस्थित न्यूरो अस्पतालमा जेठ २५ गते लगेका थिए । त्यहीं उपचारको क्रममा २६ गते बिहान बालकको मृत्यू भएको बताए । शिक्षण अस्पताल काठमाण्डौमा सोही दिन पोष्टमार्टम गरी लासलाई घरमा ल्याई अन्तिम संस्कार गरेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर नरेशराज सुबेदीले बताए । बम बिस्फोटमा परी घाइते भएका दुई जना बालबालिकाको धरानमा उपचार भैरहेको छ । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis