Incident Reports

बम बिस्फोटका घाइते एक बालकको उपचारको क्रममा मृत्यू l

2013-06-09

Madhes, Siraha, Karjanha

Durga Pariyar सिरहा । ०७० जेठ २८ गते बम बिस्फोटमा घाइते भएका बडहरामाल गाविस १ का १३ वर्षीय बालक सर्वजित मुखियाको उपचारको क्रममा जेठ २६ गते काठमाण्डौमा मृत्यू भएको छ । घरेलु बम खेलाउँदा जेठ २२ गते तीन बालबालिका घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको लागि लगेकामध्ये सर्वजित मुखियाको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि भारतको सिलिगुडी लगेको पीता घुरन मुखियाले बताए । मुखियाका अनुसार सर्वजितको टाउकोको अप्रेशन गर्न भारतीय ८ लाख रुपियाँ मागेपछि घुमाएर न्यूरो अस्पताल विराटनगर ल्याएका थिए । न्यूरोले यहाँ उपचार हुँदैन भनेपछि उनलाई परिवारले काठमाण्डौंस्थित न्यूरो अस्पतालमा जेठ २५ गते लगेका थिए । त्यहीं उपचारको क्रममा २६ गते बिहान बालकको मृत्यू भएको बताए । शिक्षण अस्पताल काठमाण्डौमा सोही दिन पोष्टमार्टम गरी लासलाई घरमा ल्याई अन्तिम संस्कार गरेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर नरेशराज सुबेदीले बताए । बम बिस्फोटमा परी घाइते भएका दुई जना बालबालिकाको धरानमा उपचार भैरहेको छ । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis