Incident Reports

आमाले चोरको आरोप लगाएपछि छिमेकीद्वारा छोराको हत्या

2017-08-27

Madhes, Bara, Simraungadh, Ward 3

पैसा चारेको आरोप लगाएपछि आमासँंगको रिसबी साँध्न दुइ वर्षीय नाबालकको उनकै छिमेकी एक यु्वतीले हत्या गरेकी छन् ।बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ जोलाही टोलमा रहेको मावली घरमा आमा रुबिना खातुनसंगै तीन वर्ष देखि बस्दै आएका रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ का आबिद अन्सारीका दुई वर्षीय छोरा रेआल अन्सारीको हत्या भएको हो । आइतबार बिहान बिहान ११ बजेदेखि मावलीघरबाट बेपत्ता भएका रेआल, आइतवार राति नै साढे आठ बजे तिर छिमेकी रुबैदा खतुनको घर भित्र रहेको चुल्हो भित्र मृत अवस्थामा फेला परेका हुन् । बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय सेराजुल अन्सारीकी २० वर्षीया छोरी हसबुन खातुनलाइ पक्राउ गरेको छ । रेआलकी आमा रुबिना र हसबुन बीच पटक पटक झगडा हुँदै आएको र त्यही रिसबी साँध्न हसबुनले रुबिनका दुइ वर्षीय छोरा रेआलको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताए । रेआलकी आमा रुबिना र छिमेकी युवती हसबुन बीच एक सातादेखि झगडा हुदै आएको र त्यही निहुमा रेआलको हत्या गरेको बयान हसबुनले दिएको प्रहरी नायव उपरिक्षक साहले जानकारी दिए । रुबिनाको घरमा पसेर हसबुनले पटक पटक पैसा र अन्य जिन्सी सामान चोरेर लग्ने गरेको आरोप लागेपछि ती दुवै जना बीच एक सातादेखि झगडा हुदै आएको थियो । आइतवार बिहान पनि हसबुन,रुबिनाको घरमा पसेपछि रुबिनाले झपारेर घरबाट निकाल्ने क्रममा दुवै जना बीच झगडा भएको थियो । झगडा भएको दुइ तीन घण्टापछि नै रेआल बेपत्ता भएका थिए । बालकका अभिभावकले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा खबर गरेपछि प्रहरीले स्थानीय केहि व्यक्तिको घरमा छापा मारेर खोजतलाश गर्दा पनि बालक फेला पर्न सकेका थिएनन् । छिमेकी रुबैदा खतुनको घर भित्रको चुल्होमा लुकाएर राखेको बालकको शव आइतवार राति हसबुनले सुनसान ठाँउमा लगेर फयाक्ने क्रममा स्थानीयले देखेर प्रहरीलाइ खबर गरेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायव उपरिक्षक साहको नेतृवमा खटिएको टोलीले बालकको शवका साथै हसबुनलाइ उनको घरबाटै नियन्त्रणमा लिएको थियो । बयानका क्रममा आरोपित हसबुनले,रुबिनाले चोरको आरोप लगाएर गाली बेइज्जती गरेपछि त्यही निहुमा उनको छोरा रेआललाइ नियन्त्रणमा लिइ मुख थुनेर हत्या गरेको र शव छिमेकी रुबैना खातुनको घर भित्रको माटोको चुल्हो भित्र लुकाएर राखेको बताएको प्रहरी नायव उपरिक्षक साहले जानकारी दिए । पक्राउ परेकी हसबुनलाइ जिल्ल अदालतबाट सात दिनको म्याद थप गाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक साहले बताए । मृतक बालकको शव सोमबार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी अभिभावकलाइ बुझाइएको पनि उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa , INSEC , Local Newspaper - Siraha

0 Comments

Related Reports