Incident Reports

Four sentenced to jail on charge of abduction.

2013-06-11

Rautahat , 11 June Rautahat district court has sentenced four on the charge of abduction on Tuesday. They are convicted of abduction of a boy. District court judge Ram Prasad Adhikari had issued the summon order. Ramchandra Shah, son of Feku Shah was abducted from Baigarniya at boarder of India. The boy was rescued by police during a search operation. Three abductors were trying to take the boy away by ambulance, police arrested them at Rajpur Farhadwa VDC. According to the court, The summons is issued against Anup Sahani, Manoj Sahani, RamRekha Sahani of Khairwaha, Sarlahi and Chandan Sahani of Matsari VDC 8. 12 others escaped according to SI Govind Ram Pariyar, District Police Office. He informed that four people are from the same family and five others are Indian citizens. Kishuni Sahani of Matsari VDC8, his wife Geeta Devi, son Shurentra Sahani and Santosh Kumar Sahani, Subodh Pandit Kumhar, Sanjay Bhagat Mali, Ranjiv Sahani Malah, Indian citizen from Motihari Rakesh Singh, Dinesh Singh Rathor, Raju Miya Musalman, Binod Singh and Chunnu Singh are the escapees according to SI Pariyar. रौतहट, २८ जेठ । अपहरण घटनामा संलग्न रहेको आरोपमा मंगलवार रौतहट जिल्ला अदालतले चार जनालाई पुपक्षका लागि जेल चलान गरेको छ । नाबालकको अपहरण कार्यमा संलग्न रहेको आरोपमा जिल्ला अदालतका न्यायधिश रामप्रसाद अधिकारीको इजलाशले उनीहरुलाई गौर कारागार चलान गरेको हो । स्थानीय मत्सरी गाउँ विकास समिति ८ का फेकु साह बँनियाको छोरा भुलौना भन्ने रामचन्द्र साहलाई उनीहरुले सीमावर्ती भारतको बैगरनियाबाट चैत्र १७ गते अपहरण गरेका थिए । प्रहरीले चलाएको सर्च अभियानबाट आत्तिएर अपहरणकारीहरुले अपहरित बालकलाई एम्बुलेन्सबाट अन्यन्त्र लैजान खोज्दा राजपुर फरहदवा गाविसबाट तीन जना अपहरणकारी सहित अपहरित बालकलाई उद्धार गरेको थियो । जिल्ला अदालतले सलार्ही खैर्वाका अनुप सहनी मनोज सहनी, रामरेखा सहनी र मत्सरी गाविस ८ का चन्दन सहनीलाई पुपक्र्षयका लागि कारागार चलान गरेको अदालतको मुद्दा फाँट प्रमुख एकरामुल हकले बताए । उनीहरुलाई अपहरण तथा शरीर बन्धक मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय २ बमोजिम कारागार चलान गरेको उनले जानकारी दिए । घटनामा संलग्न रहेका १२ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गोबिन्द राम परियारले बताए । फरार हुनेमा एकै घरका चार जना सदस्य, तथा पाँच जना भारतीय नागरिक रहेको उनले जानकारी दिए । अपहरण कार्यमा संलग्न रहेका मत्सरी गाविस ८ का किशुनी सहनी, उनकी पत्नी गिता देवी, छोराहरुद्वय सुरेन्द्र सहनी र सन्तोष कुमार सहनी तथा सन्तोष कुमार सहनी, सुबोध पण्डित कुम्हार, सञ्जय भगत माली, रंजिव सहनी मलाह, भारत मोतिहारीका राकेश सिंह, दिनेश सिंह राठौर, राजु मिया मुसलमान, विनोद सिंह र चुनु सिंह फरार रहेको प्रहरी उपरीक्षक परियारले बताए ।......

0 Comments

Related Reports
Related Trend Analysis