Incident Reports

श्रीमतीले काटिन् श्रीमानको घाँटी

2017-08-30

Madhes, Dhanusha, Janakpur, Ward 13

घरायसी विवादका क्रममा जनकपुरमा श्रीमतीले आफ्नो श्रीमानको घाँटी ब्लेडले काटिदिएकी छिन्। सर्लाही जिल्लाको लालबन्दी २ घर भई जनकपुर उपमहानगरपालिका १३ कपिलेश्वरमा डेरा लिई बस्दै आएका ४० वर्षीय दिनेश श्रेष्ठलाई उनकी श्रीमती सुशिलाले घाँटीमा ब्लेडले काटिदिएकी हुन्। श्रेष्ठको घाँटीमा गहिराे चोट लागेको छ। मासु पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका श्रीमान-श्रीमतीबीच प्रायः सधैं जसो झगडा हुने गरेको छिमेकीहरुले बताए। तर, बुधबार विहानै रक्सी सेवन गरी कोठामा आएका दिनेश र उनकी श्रीमती सुशीलाबीच झगडा भएको थियो। झगडाले उग्ररुप लिएपछि सुशीलाले दिनेशमाथि ब्लेडले हमला गरिन्। दिनेशको घाँटीको माथिल्लो भागमा ब्लेडले काटिएर उनी गम्भिर घाईते भएका हुन्। हाल उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ। दिनेशको अवस्था हाल घतरामुक्त रहेको भएपनि घाँटीको घाउ गहिरो रहेको चिकित्सकले बताएका छन्। सुशीलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports