Incident Reports

चार बालश्रमिकको उद्धार l

2013-06-12

Kokila Dhakal इलाम । ०७० जेठ २९ गते बालश्रमिकको रुपमा काम गर्दै आएका चारजना बालबालिकालाई जेठ २९ गते इलाम सदरमुकामबाट उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामध्ये इलाम मंगलवारेका कृष्ण सुनाम, पाँचथर घर भएका मुकेश शिवा, झापाका निसा दनुवार र सिराहाका रबिना मल्लिक रहेका छन् । उनीहरूलाई जिल्ला बाल कल्याण समिति इलामले अंकित मिष्ठान्न भण्ठारबाट दुई जना, स्थानीय कृष्ण भक्तराजको घरबाट विद्यालय जाँदै गरेकी एक बालिका र इलाम बसपार्कमा रहेको सार्वजनिक शौचालयमा पैसा उठाउन राखिएकी एक जना बालिका गरी चार जनाको उद्धार गरेको बालकल्याण अधिकृत अजित योञ्जनले जानकारी दिए । उद्धार गरिएकामध्ये विद्यालय नपठाउने र श्रममा लगाउने बालबालिकाको हकमा जिल्ला बालकल्याण समिति इलामले कानुनअनुसार मुद्दा दायर गर्ने योञ्जनले बताएका छन् । कोकिला ढकाल

0 Comments