Unidentified people have set fire on excavator parked at Triyuga Municipality-7, Kalikhola on the night of September 2. The excavator was used for the construction of alternative way to Dharan-Chatara-Gaighat-Katari-Sindhuli-Hetauda.
SP Nawa Raj Bhatta of DPO said that the excavator with registration number BA2KA 6557 belonging to the contractor IEC-Sharma Lama J.V was blazed. The reason behind the fire is still unknown and investigation is underway.
The excavator costs more than 10 million which is completely destroyed by the fire according to project manager Tshering Sherpa. He added that the highly prioritized road construction work cannot be move forward until the government provides adequate security.
बैकल्पीक लोकमार्ग अन्तर्गत उदयपुर खण्डमा पार्किङ्ग गरिराखिएको एक स्काईभेटर (बाटो खन्ने मेसिन) मा आगजनी भएको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक निर्माणमा प्रयोग गरिएको स्काईभेटर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ कालिखोलामा आगजनी भएको हो ।
सडक निर्माणको जिम्मा पाएको जेड आईइसि–शर्मा लामा जेभिको बा २ क ६५५७ नम्वरको स्काईभेटर आगो लागेको अवस्थामा फेला परेको उदयपुर प्रहरीले जनाएको छ । उदयपुरको कटारी गाईघाट सडक खण्डमा काम गरेर पार्किङ्ग गरेको मेसिन आईतबार विहान जलाएको अवस्थामा भेटिएको निर्माण कम्पनीले बताएको छ । घटनास्थल सदरमुकाम गाईघाटबाट ८ किलोमिटर तथा इलाका प्रहरी कार्यालय जलजलेबाट ५ किलोमिटर दुरीमा पर्दछ । करिव १ करोड मुल्यभन्दा माथि पर्ने स्काईभेटर कामनै नलाग्ने गरी जलाइएको सहायक प्रजेक्ट मेनेजर छिरिङ्ग शेर्पाले बताए ।