Incident Reports

आफ्नो नियन्त्रणमा मृत्यु भएकालाई प्रहरीले भन्यो- बेवारिसे शव (updated)

2017-08-30

Lumbini, Dang, Lamahi

वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको अवस्थामा मृत्यु भएका एक व्यक्तिलाई प्रहरीले बेवारिसे शव फेला परेको भनेर गलत तरिकाले घटना सार्वजनिक गरेको छ । बेवारिसे भन्दै प्रहरीले शव अन्त्येष्टि समेत गरिसकेको छ । प्रहरीले बेवारिसे शव फेला परेको भन्दै आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको विवरण । घोराही–१४, नयाँ बजारका गंगटे भनिने एक व्यक्तिलाई भदौ १३ मा प्रहरीले पक्राउ गरेर लमही अस्पतालमा चेकजाँच गर्न लगेको थियो । चेकजाँचका क्रममा उनलाई मानसिक समस्या देखिएपछि मानसिक परामर्श गर्नुपर्ने सुझाव दिएर पठाएको अस्पतालका डा. ईश्वरी खनालले बताए । भदौ १४ मा फेरि प्रहरीले चेकजाँच गर्न लैजाँदा उनको मृत्यु भइसकेको थियो । अस्पतालले ईसीजी गराउन लगाएर मृत घोषणा गरेको डा. खनालले बताए । त्यसपछि जिल्ला प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा मृतकको फोटो राखी घोराही–लमही सडक खण्डको चौपट्टामा फेला परेको बेवारिसे शव भनेर प्रेस विज्ञप्ति जारी गरेको थियो । उनी घोराही बजारमा गंगटे नामले चिनिन्थे । बजारमा माग्दै हिँड्ने गरेकाले उनलाई सबैले त्यही नामले चिन्दै आएका थिए । बेलाबेला उनी चोरी घटनामा पक्राउ पर्ने गरेका थिए । उनको खास नाम अझै थाहा हुन सकेको छैन । उनका बुबाआमा सानैमा बितेपछि माग्दै हिँड्ने गरेका थिए । वडा प्रहरी कार्यालय लमहीले भने त्यस्तो व्यक्तिलाई नियन्त्रणमा नलिएको दाबी गरेको छ । प्रहरी निरीक्षक सुरज खड्काले त्यस्तो व्यक्तिलाई पक्राउ नगरेको दाबी गरे । उनले आफ्नो नियन्त्रणमा कसैको मृत्यु नभएको बताए । प्रहरीले मृत्युपछि एम्बुलेन्समा राखेर शव राप्ति उपक्षेत्रीय अस्पताल घोराही पठाएको थियो । उक्त शव भदौ १६ मा आफन्त लिन नआएको भन्दै घोराही उपमहानगरपालिकाको रोहवरमा गाडिसकिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले उक्त शव बेवारिसे अवस्थामा भेटिएको जानकारी आएको र सोही अनुसार प्रक्रिया पुर्‍याएर गाडिएको बताइन् । लमही प्रहरीले नियन्त्रणमा लिएकोबारे आफूलाई थाहा नभएको उनले बताइन् । ‘प्रहरीले कतै पक्राउ गरेको भन्ने मलाई जानकारीमा आएको छैन,’ उनले भनिन्,‘लमहीका ईन्स्पेक्टरले पक्राउ नगरेको जानकारी दिनुभएको छ । यदि त्यस्तो भएको रहेछ भने म बुझ्छु ।’ 

लमहीस्थित वडा प्रहरी कार्यालयमा थुनुवाको मृत्यु भएको विषयमा छानबिन सुरु भएको छ । संघीय इकाइ प्रहरी कार्यालय तुलसीपुरले बुधबार राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलीपकुमार चौधरीलाई घटना अनुसन्धानको जिम्मेवारी दिएको हो । उनलाई घटनाको सत्यतथ्य पत्ता लगाई एक साताभित्र प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिएको एआईजी मिङमार लामाले बताए । तत्काल आफूलाई मात्रै जिम्मेवारी आएको र अन्य सहयोगीलाई साथमा लिएर अनुसन्धान थाल्ने एसएसपी चौधरीको भनाइ छ । वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएका घोराही उपमहानगरपालिका–१४ नयाँबजारका करिब ४० वर्षीय गंगटे भनिने देवबहादुर विकको भदौ १४ मा मृत्यु भएको थियो । प्रहरीले भने घोराही–३ चौपट्टामा बेवारिसे शव फेला परेको गलत सूचना सार्वजनिक गरी विकको अन्त्येष्टी गरिसकेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , INSEC

0 Comments