Incident Reports

नेकपाद्वारा पूर्वी चितवनमा ३ बिघा जग्गा कब्जा

2017-09-06

Bagmati, Chitawan, Ratnanagar, Ward 9

विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले पूर्वी चितवनको रत्ननगरमा जग्गा कब्जा गरेको छ । रत्ननगर नगरपालिका ९ मा रहेको करिव ३ विघा जग्गा सो पार्टीले झण्डा र ब्यानर गाडेर कब्जा गरेको घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको इलाका नम्वर ३ ले सो जग्गा कब्जा गरेको ब्यानरमा उल्लेख छ । विगतमा कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको जग्गा अहिले केही व्यक्तिले भोगचलन गरी उद्योग सञ्चालन गर्न खोजेको भन्दै जग्गा पुनः कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटीले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीको व्यानर र झण्डा प्रहरीले हटाइसकेको छ । जग्गा कब्जाको घोषणा गर्ने व्यक्तिहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments