Incident Reports

प्रेम सम्बन्धको विवादले दुई परिवारबीच झडप, भालासहित आक्रमणबाट ११ जना घाइते, दुई गम्भीर

2017-09-06

Lumbini, Rupandehi, Rohini, Ward 6

प्रेम सम्बन्धबारे चुक्ली लगाएको भन्दै दुई छिमेकी परिवारबीच झडप हुँदा रुपन्देहीमा ११ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ । उनीहरुको टाउकोमा चोट छ । घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवा र भीम अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरु मनौवर अलि शेख र उनका छोरा हुन् । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको रोहिणी गाउँपालिका ६ विशुनपुराका मनौवर अलि शेख र छोटु यादव परिवारबीच भनाभन सुरु भएको थियो । छोटु यादवकी पत्नीले मनौरका छोरा उमरको प्रेम प्रसंगबारे गाउँमा किन बताएको भन्नेबारेबाट झगडा सुरु भएको थियो । झगडा बढ्दै जाँदा शेष परिवारले भालासहित आक्रमण गरेको थियो । यसपछि छिमेकी छुट्याउन पुगेका थिए । छुट्याउन गएका छिमेकी समेत घाइते भएका छन् । प्रहरी चौकी पिप्रहवाका प्रमुख सइ राजुबाबु बानियाँका अनुसार झडपमा शेष परिवारका ३ र यादव परिवारतर्फबाट ८ जना घाइते भएका छन् । उनीहरु महिम यादव, छोटु यादव, ताना यादव, रीमा यादव, शेषमान यादव, सुशीला यादव, छोटेलाल यादव, अमेरिका यादव, महिम उमर शेष मोहमद इशुक र अर्विन निशा हुन् । उपचारमा पठाइएबाहेकका पनि घाइते रहेको उनले बताए । ‘साँझ ७ बजेतिरबाट झगडा सुरु भएको रहेछ ।’असइ बानियाँले भने ‘पौने ९ मा हामी पुग्दा मान्छेहरु रगताम्य भएर ढलेका थिए।’ घटनास्थल विशुनपुरा गाउँदेखि ३ सय मिटर पूर्वमा छ । त्यहाँ मनौवरको कुखुरा फाम र छोटुको घर मात्रै छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 11
Female Injured 2
Youth Injured 9
National/Online Media

0 Comments

Related Reports