Incident Reports

'नेपाल डुबाएर भारत जोगाउने प्रयास'

2017-09-07

Province 1, Sunsari, Dharan

६ किलोमिटर उत्तरतर्फ धनकुटाको सुनखम्बी भन्ने ठाउँमा आहाले र उदयपुरको मैनामनीसम्म १ किलोमिटर लामो बाँध बनाउने भारतीय योजना छ । यो बाँधको उचाई २ सय ६९ मिटर अग्लो हुनेछ। यो बाँधमा १३ अर्ब ४५ करोड घनमिटरको विशाल ताल बन्ने भनिएको छ। जसले गर्दा अरुण, तमोर र सुनकोशी नदीको आसपासका धनकुटा, उदयपुर, भोजपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, खोटाङ, तेह्रथुम, पाँचथर, संखुवासभालगायत ९ जिल्लाका ८३ गाविस डुबानमा पर्नेछ भने लाखौं नागरिक विस्थापित हुनेछन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले गरेको ४६ बुँदे सहमतिको २८ नं बुँदामा कोशीमा उच्च बाँध बनाउने उल्लेख छ। सर्वप्रथम सन् १९९१ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्धारा भारत भ्रमणमा जादा सप्तकोशी उच्चबाँध बहुउद्देश्यीय आयोजनाको स्थलगत सर्वेक्षण गरी डिपिआर तयार गर्ने सहमति गरेका थिए। त्यसयता, भारतले उच्च बाँध बनाउन विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर)को तयार गर्न अध्ययन शुरु गरेको थियो। डिपिआरको सप्तकोशीको तटीय एवं आसपासका बासिन्दाहरुले भने शुरुदेखि नै डिपिआरको विरोध पनि जनाइरहे पनि सुनुवाई भएको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments