Incident Reports

अंग्रेजी नबाेलेको भन्दै प्रिन्सिपलले कुटे विद्यार्थी

2017-09-12

Madhes, Dhanusha, Janakpur

अंग्रेजीमा नबोलेको भन्दै भानुचोकस्थित एक निजी विद्यालयका प्रिन्सिपलले आफ्ना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। अंग्रेजी माध्यमको मिथिला मन्टेश्वरी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अश्वेश्वर महासेठले कक्षा १० का छात्र विशालकुमार गुप्तालाई पिटेका हुन्। सोमवार खाजाको समयमा स्कुल प्राङ्गणमा बसी नेपाली र मैथिली भाषामा कुराकानी गरेको सुनेर प्रिन्सिपलले कार्यकक्षमा लगेर निर्घात कुटपिट गरेको पीडित छात्र विशालले बताए। ' बाहिर नेपाली र मैथिली बोल्दैमा कुटनुपर्ने त होइन', विशालले भने, उहाँँले मलाई करिब एक घण्टासम्म कोठामा राखेर मानसिक र शारीरिक यातना दिनुभयो।’ प्रिन्सिपल महासेठको कुटाइका कारण उनको कान, घाँटी, र पिठ्यँमा निलडाम तथा छाला चिथोरिएको स्पष्ट देखिन्छ। कुटाइका कारण दाँत समेत हल्लिएको विशालका मामा सञ्जित गुप्ताले बताए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बालकको उजुरीअनुसार कारबाही अघि बढाएको जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments